Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

लाइसेन्स आवेदनमा कोटा प्रणाली आजबाट हट्यो 

लाइसेन्स आवेदनमा कोटा प्रणाली आजबाट हट्यो 

images
लाइसेन्स आवेदनमा कोटा प्रणाली आजबाट हट्यो 
images

काठमाण्डौ, ९ माघ ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदनमा कोटा प्रणाली हटाएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन सास्ती हुने भएपछि विभागले आजबाट कोटा प्रणाली हटाएको हो । अब जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने छन् । 
विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन सिस्टममा सुधार गरी आजबाट जति पनि फारम भर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो । यसअघि हरेक दिन लाइसेन्स वितरण गर्ने कार्यालयहरूले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था गरेका थिए । 
यस अनुसार दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन पाउँथे । अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट खोल्दा प्रणालीमै समस्या देखिएको थियो । प्रणालीमा सुधार गरिएकाले अब सेवाग्राहीलाई त्यस्तो समस्या नहुने विभागको दाबी छ । 

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - ०९:३४:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology