Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राष्ट्रिय महिला लिग फुटबलमा आर्मी क्लब र नेपाल पुलिस क्लबको बराबरी 

राष्ट्रिय महिला लिग फुटबलमा आर्मी क्लब र नेपाल पुलिस क्लबको बराबरी 

राष्ट्रिय महिला लिग फुटबलमा आर्मी क्लब र नेपाल पुलिस क्लबको बराबरी 
images

काठमाण्डौ, ७ माघ । राष्ट्रिय महिला लिग फुटबलको पहिलो खेलमा दुई विभागीय टोलि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । विभागीय डर्बीमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।
खेलमा पुलिसकी डिफेन्डर पुजा राना प्लेयर अफ दि म्याच बन्नुभयो ।  बराबरीसंगै आर्मी र पुलिसले १ ÷ १ अंक प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा साबिक विजेता एपिएफले चन्द्रपुरको सामना गर्नेछ भने दोस्रो खेलमा बिराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल एन्फा मैदानमा हुनेछ । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा सुरु भएको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ । 
प्रतियोगितोको विजेता टोलीले १५ लाख प्राप्त गर्दा दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।

images
images

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - २०:३४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology