Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आगलागीबाट क्षति पुगेको बुंकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

आगलागीबाट क्षति पुगेको बुंकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

images

इच्छाकामना न्युज

१९, जेठ २०८०
आगलागीबाट क्षति पुगेको बुंकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
images

गोरखा । आगलागीबाट क्षति भएको शहिद लखन गाउँपालिका–७ स्थित बुंकोट स्वास्थ्य चौकिलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । अक्सिजन कन्सन्टेटर पाँच थान, एक हजार पिस प्यारासिटामोल, आठ हजार पिस सर्जिकल मास्क, १५ सय पिस ग्लोब्स, ५ पिस थर्ममिटर, ५ पिस पल्स अक्सिमिटर, दुई हजार पिस एननाइटी फाइब मास्क लगायतका सामग्री वितरण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।

त्यस्तै चार थान डस्बिन, दुई थान स्टेचर, दुई थान खानेपानी फिल्टर लगायतका सामग्री पनि हस्तान्तरण गरिएको उनले जानकारी दिए । गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईको विशेष पहलमा स्वास्थ्य विभागबाट प्राप्त उक्त सामग्री बिहीवार एक कार्यक्रमका बिच स्वास्थ्य चौकी प्रमुख बिमला पुलामीलाई हस्तान्तरण गरिएको हो । आगलागीबाट क्षति पुगेको स्वास्थ्य चौकीमा उक्त सामग्रीले धेरै नै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चौकीमा आगलागी भएपनि सेवा प्रवाह भने नरोकिएको बुकोट स्वास्थ्य चौकीकी प्रमुख पुलामीले बताइन् । ‘स्वास्थ्य चौकीबाट दिनुपर्ने सेवाहरु सबै नियमित नै छ, केही पनि अवरोध छैन’, उनले भनिन्, ‘आवश्यक सामग्रीहरु जुटाउदै छौ ।’
माथिल्लो तल्लामा रहेको प्रशासन, स्टोर रुम र हलका सामग्री भुइ कोठामा सार्नुपर्दा केहि साघँुरो भएको उनले जानकारी दिइन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, सहिद लखन गाउँपालिका प्रमुख रमेश बाबु थापा, उपप्रमुख इन्दिरा तिवारी, वडा नं ७ का वडा अध्यक्ष श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला कार्यबाहक सभापती इमानसिंह बस्नेत, जिल्ला सचिव कृष्ण आले, वडाका जनप्रतिनिधि स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

यही जेठ ७ गते विद्युत सर्ट भई स्वास्थ्यचौकीमा आगलागी भएको थियो ।

आगलागीबाट स्वास्थ्य चौकी भवनका दोस्रो तल्लाको स्टोर कक्षमा रहेको स्वास्थ्य सामग्री, उपकरण र कागजपत्र सबै जलेर पुर्णरुपमा नष्ट भएका थिए ।

images
प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - ११:०४:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology