Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया  

भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया  

images

इच्छाकामना न्युज

१८, जेठ २०८०
भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया  
images

भरतपुर । एनिमल नेपालले बिहीबार भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया गरेको छ। कुखुरापालन व्यवसायमा कल्याणको दृष्टिकोणले देखिएका समस्या, कुखुरा, राँगा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्या तथा पशु आरामगृहको आवश्यकताबारे उक्त अन्तक्र्रियामा छलफल भएको थियो।  

माछा, मासु व्यवसायमा व्यवसायीले कल्याणका दृष्टिकोणबाट पालना गर्नुपर्ने विषयले पनि कार्यक्रममा प्राथमिकता पाएको थियो। एनिमल नेपालकी चितवन संयोजक एवम् एड्भोकेसी कोअर्डिनेटर सुमेधा गौतमका अनुसार पशुपन्छी कल्याणको सुनिश्चितताका लागि सरकारी तथा गैरसरकारी संघसस्थाको भूमिका र उनीहरूले गर्नुपर्ने कामको विषयले पनि प्राथमिकता पाएको थियो। 

उनका अनुसार यो संस्थाले चितवनमा विगत चार वर्षदेखि काम गर्दै आइरहेको छ। उनले चितवनको पोल्ट्री व्यवसायको वर्तमान अवस्था र पशुपन्छी कल्याणमा देखिएका समस्याका विषयमा प्रस्ट पारेकी थिइन्। एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले एनिमल नेपाल तथा पशुपन्छी कल्याणको विषयमा प्रस्ट पारेकी थिइन्। 

पशुपन्छी कल्याण मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले सबै मिलेर काम गर्नुपर्ने विषयमा पनि छलफल भएको कार्यक्रममा जिल्ला भेटेरिनरी कार्यालय, घरेलु तथा साना उद्योग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, समाजकल्याण परिषद्, विभिन्न पालिकाका पशु शाखा प्रमुख, राष्ट्रिय पन्छी रोग तथा अन्वेषण प्रयोगशाला, ट्राफिक प्रहरीलगायतका निकायको उपस्थिति थियो। 
 
सन् २००९ मा प्रमदा शाहको अध्यक्षतामा स्थापना भएको एनिमल नेपालले चितवन जिल्लामा विगत चार वर्षदेखि ब्रोइलर कुखुरा, लेयर्श कुखुरा, राँगा, भैसीलगायतको कल्याणका लागि काम गरिरहेको छ। त्यसका साथै सामुदायिक कुकुर, भारबाहक जनावरहरू गधा, खच्चर, घोडाका लागि काठमाडौं, ललितपुर, धादिङ, गोरखा, बारा, चितवन, रूपन्देही, बाँके, कैलाली, कास्कीलगायतका जिल्लामा प्रत्यक्षरूपमा काम गर्दै आएको छ।

images
प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - २२:४३:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology