Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरु हुँदै 

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरु हुँदै 

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरु हुँदै 
images

काठमाण्डौ, ७ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरु हुँदैछन् । मुलपानी क्रिकेट मैदानमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले प्रदेश–१ सँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । आजको खेलमा प्रदेश–१ विरुद्ध मैदान उत्रदा आर्मी लगातार तेस्रो जितको खोजीमा हुनेछ । 
यसअघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराईसकेको छ ।समूह ‘ए’ को आर्मी २ खेलमा ४ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।प्रदेश–१ भने पहिलो जितको खोजीमा रहेको छ । प्रदेश–१ दुई खेलमा अङ्क बिहीन रहेर पुछारमा रहेको छ ।
यस्तै आजै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने यी टोलीबीचको खेल पनि बिहान ९ बजे नै सुरु हुनेछ । दुबै टिम पहिलो जितको खोजीमा मैदान उत्रनेछ । समूह ‘बी’ मा रहेको पुलिस पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो ।
यस्तै सुदूरपश्चिम पनि पहिलो खेलमा बागमतीसँग नै पराजित भएको थियो ।

images
images

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - ०९:२३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology