Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

रेशमलाई आममाफी र नागरिकता विधेयक जारी गर्न किन्तुपरन्तु नगरौं : बाबुराम भट्टराई

रेशमलाई आममाफी र नागरिकता विधेयक जारी गर्न किन्तुपरन्तु नगरौं : बाबुराम भट्टराई

images

इच्छाकामना न्युज

१३, जेठ २०८०
रेशमलाई आममाफी र नागरिकता विधेयक जारी गर्न किन्तुपरन्तु नगरौं : बाबुराम भट्टराई
images

काठमाडौं । नेपाल समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रेशम चौधरीलगायतका नेतालाई आममाफी दिन र नागरिकता विधेयक राष्ट्रपतिबाट जारी गर्न किन्तुपरन्तु गर्न नहुने बताएका छन्।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो। रेशम चौधरीलाई आममाफी दिन गृह मन्त्रालय हुँदै शीतलनिवास पुगेको फाइल राष्ट्रपति रामचन्द्र पौडेलले थप कानुनी प्रक्रिया मिलाएर ल्याउन गृहमै फिर्ता गरिदिएका छन्। सम्भवतः राजनीतिक आवरणमा टीकापुर घटनाका अभियुक्त रेशम गणतन्त्रकै दिन भोलि छुट्नेछन्।

बाबुरामहरुले हत्या–हिंसा गरेर प्रधानमन्त्री, मन्त्रीजस्ता राजकीय पद पाएकाले टीकापुर घटनालाई पनि राजनीतिक रङ दिइरहेका छन्।

भट्टराईले ट्वीट गर्दै चौधरीलाई आममाफी दिन र नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसद्बाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी हुनुपर्ने बताएका हुन्। ‘लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं,’ भट्टराईले लेखेका छन्।

images
प्रकाशित मिति :जेठ १३, २०८० शनिवार - ०८:००:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology