Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

माछापुच्छ्रे बैंकको रौतहट स्थित चन्द्रपुर शाखामा ग्राहकको खाताबाट ९ लाख गायब

माछापुच्छ्रे बैंकको रौतहट स्थित चन्द्रपुर शाखामा ग्राहकको खाताबाट ९ लाख गायब

images
माछापुच्छ्रे बैंकको रौतहट स्थित चन्द्रपुर शाखामा ग्राहकको खाताबाट ९ लाख गायब
images

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम राजमार्गमा रहेको माछापुच्छ्रे बैंकबाट ग्राहकको ९ लाख रुपैयाँ गायब भएको छ।

आइतबार चेक साट्न बैंकको चन्द्रपुर शाखा पुगेका वृन्दावन नगरपालिका–३ का रामेश्वर राय यादवको खाताबाट ९ लाख रकम गायब हो।

रहस्यमयरूपमा पैसा गायब भएको भन्दै पीडित पक्षले आइतबार रातिसम्म बैंकको कार्यालय घेराउ गरेका छन्। ​यादवका अनुसार अघिल्लो दिनसम्म उनको खातामा १२ लाख २० हजार रुपैयाँ थियो।

बिहीबार बिहान उनले १२ लाख २० हजार रकम भएको नेपाल बैंक लिमिटेडको चेक नम्बर ०१२७६४९९७३ को ९ लाख, सोही बैंकको चेक नम्बर ०१२७६४९९७४ बाट दुई लाख २० हजार र ग्लोबल आईएमई बैंकको ००५८०१६७५२ नम्बर चेकको एक लाखको भौचर भरेर माछापुच्छ्रे बैंकमा जम्मा गर्न (क्लिरियन्समा) दिएका थिए।

उनका अनुसार शुक्रबार दिउँसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाइलमा म्यासेजसमेत आएको थियो। आइतबार आठ लाख रुपैयाँको चेक लिएर साट्न पुग्दा उनले खाताबाट ९ लाख पैसा गायब भएको थाहा पाएका थिए।

त्यसपछि उनले बैंकको शाखा प्रमुख रामजी दासलाई भेटर खाताबाट पैसा कसरी गायब भयो भनेर सोधे। प्रमुख दासले ‘ह्याकरले पैसा लगेको हुनसक्ने’ जवाफ दिए। यादवका अनुसार दासले यसमा आफूहरूले केही गर्न नसक्ने बताए।

दासले खातावालालाई ‘आफैँ पत्ता लगाउनु’ भनेपछि बैंकमा पीडितका आफन्तले बिहान साढे ११ बजेतिर घेराउ गरेका हुन् । राति अबेरसम्म पीडितका आफन्तले बैंक घेराउ गरेका थिए।

यससँगै इलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोली पुगेपछि घटनाबारे अनुसन्धान थालेको छ। पीडित यादवले बैंककै कर्मचारीले पैसा गायब भएको आरोप लगाएका छन्।

इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी एकनारायण कोइरालाले यादवको खाताबाट रकम गायब भएकोबारे अनुसन्धान गरिरहेको बताए।

images
प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - ०८:३५:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology