Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

प्रेस युनियन चितवनको नयाँ कार्यसमितिको पदस्थापन, साझा संगठन बनाउनुपर्नेमा लम्सालको जोड

प्रेस युनियन चितवनको नयाँ कार्यसमितिको पदस्थापन, साझा संगठन बनाउनुपर्नेमा लम्सालको जोड

images
प्रेस युनियन चितवनको नयाँ कार्यसमितिको पदस्थापन, साझा संगठन बनाउनुपर्नेमा लम्सालको जोड
images

चितवन । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनलाई सबैको साझा संगठनको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले युनियनलाई भूइँ मान्छेको कुरा भन्न सक्ने युनियन बनाउनुपर्ने विचार राखे ।

अध्यक्ष लम्सालले प्रेस युनियनलाई नियम, विधि र पत्रकारिताको मर्ममा लाग्न आग्रह गरेका छन् । विधि, विधान भन्दा बाहिर प्रेस युनियन बाहिर नजाने उनको भनाइ थियो । युनियनकर्मीले सबैलाई न्याय गर्नु पर्ने उनले बताए । प्रेस युनियन चितवनको भवनलाई केन्द्रीय तालिमकेन्द्र बनाउन सबैले सहयोग गर्न उनले आग्रह गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारितामा देखिएका समस्या समाधान गर्न नेपाल प्रेस युनियन लाग्नुपर्ने बताए । समाजमा भएका समस्याहरुलाई जस्ताको तस्तै ल्याउन सक्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिताको मर्म र कर्म एक बनाएर जानुपर्ने बताए ।

सो अवसरमा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, संविधानसभा सदस्य गिता वाग्ले, प्रदेश सभा सदस्यहरु उत्तम जोशी, बिनु रायमाझी पौडेल,माया श्रेष्ठ,नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल, नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपाने, प्रवक्ता अनमोल अधिकारी, प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दिपक आचार्य, मैयादेवी ट्रष्टका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष नवराज ढकाल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य प्रकाशमणि ज्ञवालीलगायतले बोलेका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन चितवनको ८ औ जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समितिबाट उत्कृष्ट सदस्यमा कोषाध्यक्ष विप्लब काफ्लेलाई सम्मान गरिएको थियो । युनियनको नवौं जिल्ला अधिवेशन वैशाख २७ गते सम्पन्न भएको थियो । कार्यक्रम नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - २३:४७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology