Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

पदमपुरबाट नारायणगढ जान हिडेकी रुपा जंगलमा मृत फेला, पोर्चुगल उड्ने सपना अधुरै

पदमपुरबाट नारायणगढ जान हिडेकी रुपा जंगलमा मृत फेला, पोर्चुगल उड्ने सपना अधुरै

इच्छाकामना न्युज

३१, बैशाख २०८०
पदमपुरबाट नारायणगढ जान हिडेकी रुपा जंगलमा मृत फेला, पोर्चुगल उड्ने सपना अधुरै
images

चितवन । कालिका नगरपालिका–४ की २७ वर्षीय रुपा न्यौपाने घिमिरे भरतपुरको जंगलमा मृत भेटिएकी छन् । विदेश जाने भनेर सपिङको लागि पदमपुरबाट नारायणगढ शुक्रबार हिडेकी उनी भरतपुर महानगरपालिका–११ को टाइगर ताल जाने जंगलमा मृत भेटिएकी हुन् ।

images
images

घटनाको अनुसन्धान गरिरहेका  चितवनका प्रहरी निरीक्षक कुशल कुमार बर्तोलाले रुपालाई जंगलमा झुण्डिएको अवस्थामा भेटिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘परिवारका अनुसार उनी शुक्रबार पदपुरबाट नारायणगढ जान हिडेकी थिइन् । एक्कासी बेपत्ता भएपछि आज मृत अवस्थामा भेटिएकी छन् । घटनाबारे थप सोधपुछ र अध्ययन गरिहेका छौं ।’

रुपाका साथीहरुको अनुसार उनी एक हप्तापछि आफ्नो श्रीमान रहेको पोर्चुगल जाने तयारीमा थिइन् । श्रीमान पोर्चुगलबाट नेपाल आएर छ महिना बसेर दुई महिना अगाडि मात्र फेरि पोर्चुगल गएका थिए ।

केही समय अगाडि प्रभु इन्सुरेन्स टाँडीमा उनी शाखा प्रमुखको रुपमा कार्यरत रहेकी थिइन् । उनले साथीहरुलाई पोर्चुगल जान इन्सुरेन्सको जागिर छाडे भनेर एसएमएस गरेको उनलाई चिन्ने पत्रकार केदार शर्माले बताए । उनी के कारणले त्यस्तो अवस्थामा भेटिइन् , आफैँ झुण्डिएकी हुन् वा कसैले झुन्डाएर हत्या गरेको हो भन्ने बारेमा चितवन प्रहरीले अनुसन्धान गर्दै छ ।

images
प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - २१:५२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology