मोरङ, ६ माघ ।
मोरङमा विद्यार्थी बोकेको बस दुर्घटना हुदाँ पाँच जना घाइते भएका छन्।
आज बिहान डाइनियाबाट विराटनगरको मेरिल्याण्ड कलेजमा अध्ययनरत विद्यार्थी बोकेर विराटनगर आउदै गरेको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका– ९ स्थित भेडुवाथानमा दुर्घटना भएको थियो ।
घाइते हुनेहरुमा रतुवामाई नगरपालिका– ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए ।
घाइते विद्यार्थीहरुलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।
बाक्लो हुस्सुका कारण अगाडि राम्ररी देख्न नसकेको अवस्थामा अचनाक आएको मोटरसाइकल बचाउने क्रममा गाडी पल्टिएको प्रहरीले बताएको छ ।