Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ब्यास सहकारीको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

ब्यास सहकारीको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

२३, बैशाख २०८०
ब्यास सहकारीको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न
images

तनहुँ ।उद्यमी सदस्य, प्रविधिमैत्री, सशासनयुक्त र सवल वित्तीय सहकारी भन्ने  मुल नाराका साथ स्थापना भएको व्यास वचत तथा ऋण सहकारी संस्थाको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लेखा समितीका संयोजक राजेश्वर हड्खलेको अध्यक्षतामा भएको सो कार्यक्रममा ०७९ चैत्र मसान्त सम्मको लेखा गतिविधि प्रस्तुत गरिएको थियो । 

images
images

कार्यक्रममा संस्थाका अध्यक्ष प्रदिपराज अधिकारीले ०७९ श्रावण देखि चैत्र मसान्त सम्मको आर्थिक अवस्था र संस्थाले गरेको गतिविधिका वारेमा प्रकाश पारेका थिए । जसमा शेयर पुजी हिसाव अन्र्तगत ६ करोड ७४ लाख ७८ हजार ८ सय, साधारण जगेडा हिसाव अन्र्तगत १ करोड ५९ लाख २४ हजार ५ सय १०, अन्य कोषहरुको हिसावमा४८ लाख १४ हजार अठहत्तर, वचत निक्षेप  हिसावमा १४ करोड ३५ लाख ६ हजार ६ सय पन्ध्र, भुक्तानी दिनुपर्नेमा ८ लाख १५ हजार दुई सयम छपन्न, व्याज मुल्तवीमा ८३ लाख ५२ हजार सात सय पन्ध्र, ऋण सुरक्षण कोषमा ८७ लाख ७१ हजार छ सय तेईस, आय व्ययमा ८७ लाख ३६ हजार पाँच सय पचार रुपैया रहेको छ । 

IMG_9056.jpeg

यसैगरि आयको अवस्थामा ऋण लगानीवाट प्राप्त आम्दानीमा २ करोड २४ लाख ६२ हजार चार सय वाउन्न, अन्य लगानीवाट प्राप्त आम्दानीमा १३ लाख तीन सय चौवालिस, शेयर लगानीवाट प्राप्त आम्दानीमा ३ लाख ८२ हजार सात सय अन्ठाउन्न, अन्य आम्दानीाम १० लाख ९७ हजार छ सय नव्वे देखिएको छ ।

सम्पति तर्फ नगद मौज्दातमा २ लाख ७८ हजार चार सय सैतिस, वैक हिसावमा २ करोड ७१ लाख ६१ हजार एक सय तीन, लगानीमा रहेको हिसावमा २ करोड ३२ लाख ३६ हजार, सदस्यलाई दिएको ऋण हिसावमा १८ करोड ४२ लाख १५ हजार पाँच सय वत्तिस, स्थिर सम्पति समान हिसावमा १ करोड ३१ लाख ९७ हजार तीन सय अड्सठी, अन्य सम्पतिमा १ करोड ३ लाख ११ हजार सात सय आठ रुपैया रहेको छ । 

यसैगरि खर्च तर्फ वित्तिय लागत व्याजमा ९६ लाख ६३ हजार सात सय वीस, प्रशासनिक खर्चमा २६ लाख ८ हजार तेत्तिस, डुवन्त ऋणको लागी व्यवस्थामा १७ लाख ७४ हजार सात सय पचास, अन्य खर्चमा २४ लाख ६० हजार एक सय त्रियानव्वे रुपैया रहेको छ । 

संस्थाको शेयरसदस्यहरुको रोहवरमा गरिएको लेखा परिक्षण कार्यक्रमममा संस्थाको गतिविधिलाई थप प्रविधियुक्त वनाउन मोवाईल एप र क्यू आर कोडका पनि सार्वजनिक गरिएको थियो । लेखा परिक्षण कार्यक्रमममा शेयर सदस्यहरुले राखेको जिज्ञाशाहरुलाई अध्यक्ष प्रदिपराज अधिकारी, उपाध्यक्ष प्रेम प्रसाद पौडेलले सहजीकरण गरेका थिए । 

 

images
प्रकाशित मिति :बैशाख २३, २०८० शनिवार - २१:२१:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology