Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

पूर्वप्रमुख आयुक्त बस्न्यातको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन 

पूर्वप्रमुख आयुक्त बस्न्यातको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन 

images
पूर्वप्रमुख आयुक्त बस्न्यातको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन 
images

काठमाण्डौ, ६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मागेको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध परेको रिटमा अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो ।
न्यायाधीश हरि फुयाँलको इजलासले कैफियत प्रतिवेदन मागेको आदेशको अदालतको वेवसाइटमा उल्लेख छ । उहाँलाई २८ मंसिरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको थियो । हाल उहाँ डिल्लीबजार कारागारमा हुनुहुन्छ । बस्न्यात अख्तियारको आयुक्त हुनुअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव हुनुहुन्थ्यो । त्यही बेला उहाँले ललिता निवाससम्बन्धी फाइलको टिप्पणी उठाउने, सही गर्ने काम गर्नुभएको थियो । 
उहाँविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो । ललिता निवास प्रकरणमा अख्तियारले बस्नेत सहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो, जसमध्ये १ सय १० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।

images
प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - १०:०२:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology