आँबुखैरेनी । बुद्ध जयन्तीको दिन वैशाख २२ गते शुक्रबार तनहुँको आँबुखैरेनी बजारमा शान्ति पदयात्रा हुने भएको छ । बौद्ध सदन आँबुखैरेनीको आयोजनामा बुद्ध जयन्तीको दिन शान्ति पदयात्रा हुन लागेको हो ।
पदयात्रा आँबुखैरेनीको मिलनचोकबाट सुरु भएर बजार परिक्रमा गर्दै तल्लो बजारस्थित बौद्ध गुम्बामा समापन हुने बौद्ध सदन आँबुखैरेनीका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए ।
उनका अनुसार पदयात्रा समापन सँगै बिहान साढे ११ बजेबाट प्रसाद ग्रहण दिउँसो सवा १२ बजेबाट विविद्य सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । साथै पदयात्रा अघि बिहान साढे ५ बजेबाट गुम्बामा पूजाआजा सुरु हुने पनि उनले बताए ।