Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काऔँ : पूर्वराजा ज्ञानेन्द्र शाह

मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काऔँ : पूर्वराजा ज्ञानेन्द्र शाह

images

इच्छाकामना न्युज

२०, बैशाख २०८०
मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काऔँ : पूर्वराजा ज्ञानेन्द्र शाह
images

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन् । बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन् ।

अब म भन्छु, हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ । हामी पाखुराका बलमा अघि बढ्न कम्मर कसौँ । यसका निम्ति के पुरुष, के महिला, के आजको जाँगरिलो युवा, के अनुभवी बुढाबुढी सबै अब जुट्नुपर्छ, उनले भने । पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताए ।

शाहले लामो अवधिसम्म पनि नेपाल र नेपालीको अवस्था पुरानै परिस्थितिमा रहेको पनि बताए । लामो अन्तरालपछि म आज उभिएर देशका बारेमा त्यस्तै कुरा गर्न विवश छु । मलाई दुस्ख लाग्छ, यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ, उनले भने । उनले देशवासीको अवस्था सुधार गर्ने र जनतालाई शान्ति सुशासनका साथै मुलुकलाई समृद्ध बनाउने आफूहरूको भावना, धारणा र नारा रहेको बताए ।

images
प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - २१:१३:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology