Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

तनहुँमा आमा छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवार तनावमा

तनहुँमा आमा छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवार तनावमा

images

इच्छाकामना न्युज

१९, बैशाख २०८०
तनहुँमा आमा छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवार तनावमा
images

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० विपी भञ्ज्याङ्ग निवासी २० वर्षिय राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता हुनुभएको छ । लामो समयदेखि वेपत्ता भएपछि परिवारजन तनावमा छन् ।

राममायाको श्रीमान लोकबहादुर विकले वैशाख ३ गते विहान देखि घर  नआएको माईती घर तथा आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेको बताउनुभयो । आमा र छोरा  खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिए पनि कुनै खबर नआएको विकले बताउनुभयो । भारतको रोजगारीमा रहनु भएका विक श्रीमती हराएको खबर आएपछि नेपाल फर्किनु भएको छ ।

विकले वेपत्ता परिवारको खेजी गरिदिन अपिल गर्नु भएको छ । आफ्ना लगायत सबै तिर खोजी गर्दा पनि श्रीमति र छोराको पत्तो नलागेपछि उहाँले प्रहरी, नागरिक समाज र पत्रकारलाई परिवारको खोजी गरिदिन अपिल गर्नु भएको हो ।

images
प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - ०८:५८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology