Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँ १ को उपनिर्वाचनमा आँबुखैरेनी गाउँपालिकाबाट मात्रै ६४ प्रतिशत मत रास्वपा उम्मेद्वार स्वर्णीम वाग्लेको पक्षमा

तनहुँ १ को उपनिर्वाचनमा आँबुखैरेनी गाउँपालिकाबाट मात्रै ६४ प्रतिशत मत रास्वपा उम्मेद्वार स्वर्णीम वाग्लेको पक्षमा

चित्र बहादुर गुरुङ

११, बैशाख २०८०
तनहुँ १ को उपनिर्वाचनमा आँबुखैरेनी गाउँपालिकाबाट मात्रै ६४ प्रतिशत मत रास्वपा उम्मेद्वार स्वर्णीम वाग्लेको पक्षमा
images

आँबुखैरेनी । वैशाख १० मा सम्पन्न तनहुँ १ को उपनिर्वाचनको मतगणना जारी छ । मतगणना अन्तर्गत आँबुखैरेनी गाउँपालिकामा खसेको मतको गणना सकिएको छ । गणना सकिएको आँबुखैरेनी गाउँपालिकामा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार स्वर्णीम वाग्लेको पक्षमा झण्डै ६४ प्रतिशत मत खसेको छ । 

images
images

आँबुखैरेनीमा यसपटकको उपनिर्वाचनमा ६९९१ मत खसेको थियो जसमा स्वर्णीम वाग्ले एक्लैले ४४४८ मत पाएका छन् जुन खसेको मतको ६३.६२ प्रतिशत हुन आउछ । यस्तै नेपाली काँग्रेसको गोविन्द भट्टराईले १६४७ मत पाएका छन् भने एमालेका उम्मेद्वार सर्वेन्द्र खनालले जम्मा ५९६ मत पाएका छन् जुन दुवै उम्मेद्वारको मत जोड्दा खसेको मतको ३२.०८ प्रतिशत अर्थात २२४३ मत हुन आउछ ।

बाँकी ४.२९ अर्थात करिब ३०० मत बदर तथा अन्य दलले पाएका छन् । 

कुन वडामा कुन उम्मेद्वारले कति मत पाए हेर्नुस् विवरण

update copy.jpg

images
प्रकाशित मिति :बैशाख ११, २०८० सोमवार - १०:१८:०६ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology