Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने, पक्षमा मत नपाउने निश्चित

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने, पक्षमा मत नपाउने निश्चित

images

इच्छाकामना न्युज

९, बैशाख २०८०
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने, पक्षमा मत नपाउने निश्चित
images

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिँदै समर्थन पनि फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ । ‘११ बजे कार्यव्यवस्थाको बैठकले कार्यसूची तय गर्छ । आज मुख्यमन्त्रीले विश्वासको मत लिनेमात्र कार्यसूची तय गर्ने तयारी छ,’ प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपसचिव प्रेम सुवेदीले भने ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार टिकाइराख्नका लागि मुख्यमन्त्री अधिकारीले ३१ सांसदको समर्थन जुटाउनुपर्छ । तर उनले विश्वासको मत नपाउने निश्चित छ । किनभने उनको साथमा एमालेका २२ र राप्रपाका दुई सांसद मात्र छन् ।

एमाले, माओवादी र राप्रपाको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारी १०५ औं दिनपछि सत्ता छोड्नुपर्ने अवस्थामा आइपुगेका छन् ।

माओवादीका दुई मन्त्री हरिबहादुर चुमान र रेशमबहादुर जुग्जालीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका अधिकारीलाई सरकार छाड्न दाबाव परेको थियो । तर उनले संसद फेस गर्ने तर डराएर नभाग्ने बताउँदै आएका थिए ।

images
प्रकाशित मिति :बैशाख ९, २०८० शनिवार - ०८:२८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology