Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालमा कोरोना विरुद्धको खोप सञ्चालनका लागि पूर्वाभ्यास गरिने 

नेपालमा कोरोना विरुद्धको खोप सञ्चालनका लागि पूर्वाभ्यास गरिने 

सिआईएन

५, माघ २०७७
नेपालमा कोरोना विरुद्धको खोप सञ्चालनका लागि पूर्वाभ्यास गरिने 
images

काठमाण्डौ, ५ माघ । सरकारले कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न ‘ड्राई रन’ गर्ने भएको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि पूर्वाभ्यासको तयारी थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
ड्राई रन अन्तर्गत एकदिने अभ्यासमा विभिन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले डमी अर्थात् नमुना खोप लगाउनेछन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ड्राई रनमा खोप लगाउने तयारीका बारेमा जानकारी जुटाएर यसमा देखिएको कमी, कमजोरी हटाइने भन्दै खोप प्राप्त भएपछि व्यक्तिको पाखुरामा लगाउँदासम्मको कार्यविधि कसरी पूरा हुन्छ भन्ने अभ्यास गर्न ड्राई रनको तयारी भइरहेको बताउनुभयो । ड्राई रनको तयारी गरिनुको अर्थ कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान सुरु गर्नुभन्दा पहिलेको अवस्था हो । भारतबाट प्राप्त हुने भनिएको कुल २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोपलाई दृष्टिगत गरी सरकारले ड्राई रनको तयारी थालेको पनि उहाँले बताउनुभयो ।
हाल मुलुकभर भण्डारण, ओसारपसार लगायत खोपसँग सम्बन्धित विभिन्न कामहरू द्रुत गतिमा भइरहेको डा. गौतमले बताउनुभयो । भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले ‘कोभिसिल्ड’ नामक खोप उत्पादन गरिरहेको छ । जुन बेलायतको अक्सफोर्ड–एस्ट्राजेनेकाको ‘एजेडडी १२२२’ खोप विभिन्न चरणमा नेपालले पाएपछि लगाउने अभियान सुरु हुनेछ ।

images
images

images
प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - ०९:४५:३८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology