Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवन २ मा चुनावी घरदैलो तिव्र पार्दै एमाले उम्मेदवार रामप्रसाद न्यौपाने, इच्छाकामनामा सकियो, कालिकामा जारी

चितवन २ मा चुनावी घरदैलो तिव्र पार्दै एमाले उम्मेदवार रामप्रसाद न्यौपाने, इच्छाकामनामा सकियो, कालिकामा जारी

images

इच्छाकामना न्युज

५, बैशाख २०८०
चितवन २ मा चुनावी घरदैलो तिव्र पार्दै एमाले उम्मेदवार रामप्रसाद न्यौपाने, इच्छाकामनामा सकियो, कालिकामा जारी
images

चितवन । वैशाख १० को मिति नजिकिँदै गर्दा चितवन–२ को उपनिर्वाचनमा नेकपा (एमाले)बाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले चुनावी घरदैलो तीव्र पारेका छन् ।

न्यौपानेले चितवन–२ मा पर्ने भरतपुरका सबै वडा तथा इच्छाकामना गाउँपालिकामा घरदैलो सकेर कालिका नगरपालिकामा घरदैलो गरिरहेका छन् ।

घरदैलोका क्रममा उम्मेदवार न्यौपानेलाई स्थानीय मतदाताले अबिर, टीका र फूलमालाले स्वागत गर्दै जितको शुभकामना दिएका छन् । उनीहरुले चितवनमा अब मंसिर ४ दोहोरिन नदिने बताएका छन् । कालिकामा घरदैलोका क्रममा मतदाताहरुले केही गर्छु भनेर आएका नयाँ उम्मेदवारलाई मंसिर ४ मा आफूहरुले निर्वाचित गरेको भन्दै अब वैशाख १० मा भने युवा उम्मेदवार न्यौपानेलाई मतदान गर्ने बताए ।

‘मंसिरमा जिताएर पठाएको मान्छेको विवादास्पद विषयहरु सार्वजनिक भइरहेका छन्’ मतदाता भन्छन्, ‘त्यस्ता विवादित मान्छेलाई अब हामी भोट हाल्दैनौँ, हाम्रो भोट युवा नेता रामप्रसादलाई जान्छ ।’ विद्यार्थी कालदेखि नै चितवनमा राजनीति गर्दै चितवनको माटोलाई चिनेको युवा उम्मेदवार न्यौपानेलाई चितवनले उम्मेदवार पाउनु खुसीको विषय भएको यहाँका मतदाताको भनाइ छ । घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले जनताको विश्वासलाई गुम्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘मलाई यहाँका जनताको माया छ, स्नेह छ, प्रेम छ, त्यसैले म यहीँका जनताप्रति समर्पित रहनेछु’ न्यौपानेले भने, ‘म सधैँ जनताप्रति ऋणी रहनेछु, आफ्ना मतदाताको हरेक दुःख, सुखमा साथ दिनेछु ।’ आफू निर्वाचित भएर गएपछि जनमैत्री ऐन, कानून निर्माणमा भूमिका खेल्नेसँगै यहाँका जनताहरुको स्वास्थ्य, शिक्षा, सडक, रोजगारलगायतका विषयमा काम गर्ने न्यौपोनले बताए । नेकपा एमालेको चुनावी प्रचारका क्रममा आज कालिका नगरपालिकाको वडा नम्बर २, ३ र ६ मा घरदैलो कार्यक्रम गरिएको छ । घरदैलोका क्रममा चोकचोकमा स्थानीय मतदाताहरुले उम्मेदवार न्यौपानेको हौसला बढाउन फूलमालासहित स्वागत गरेका थिए । उम्मेदवार न्यौपानेले सम्भव भएसम्मका मतदातालाई घरमै पुगेर भेट्दै मत माग्दै आएका छन् ।

images
प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - ०९:३४:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology