Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँ– १ मा भट्टराईलाई जिताउन पाँच दलिय गठबन्धनले सभा हुने, प्रधानमन्त्री सहित शिर्ष नेताहरुले सम्बोधन गर्ने  

तनहुँ– १ मा भट्टराईलाई जिताउन पाँच दलिय गठबन्धनले सभा हुने, प्रधानमन्त्री सहित शिर्ष नेताहरुले सम्बोधन गर्ने  

images

इच्छाकामना न्युज

४, बैशाख २०८०
तनहुँ– १ मा भट्टराईलाई जिताउन पाँच दलिय गठबन्धनले सभा हुने, प्रधानमन्त्री सहित शिर्ष नेताहरुले सम्बोधन गर्ने  
images

तनहुँ । पाँच दलीय गठबन्धनले तनहुँ– १ को उपनिर्वाचनको लागि चुनावी सभा गर्ने भएको छ । बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा वैशाख ६ गते सभा गर्ने भएको हो । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार रहेको उक्त क्षेत्रमा सभा गर्न लागिएको नेपाली कांग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो ।

चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी वैशाख ५ गते सदरमुकाम दमौलीमा चुनावी सझा गर्ने भएको छ । नेपाली कांग्रेस व्यास नगर सभापाति सूयचन्द्र हड्खलेले दिनु भएको जानकारी अनुसार सभामा नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरु सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी वैशाख ७ गते आँबुखैरेनी बजारमा सभा गर्ने प्रवक्ता वाग्लेले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - २१:१७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology