Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

निर्वाचनमा विजयी हुन एक ढिक्का भएर लाग्नु पर्छः डा. कोइराला

निर्वाचनमा विजयी हुन एक ढिक्का भएर लाग्नु पर्छः डा. कोइराला

images

इच्छाकामना न्युज

४, बैशाख २०८०
निर्वाचनमा विजयी हुन एक ढिक्का भएर लाग्नु पर्छः डा. कोइराला
images

तनहुँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा विजयी हुन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गर्नु भएको छ । भानु नगरपालिका–२ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. कोइरालाले नेता तथा कार्यकतालाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुनु आग्रह गर्नुभयो  ।

डा. कोईरालाले गुटबन्दीरहित बनाएर एकतावद्ध रुपले अघि बढेर आगामी निर्वाचनमा तनहुँको विराशतलाई कायम राख्नु पर्ने बताउनुभयो । पार्टीभित्र असन्तुष्टि रहे पनि पार्टीलाई एकतावद्ध भएर कांग्रेस अघि बढिरहेको उहाँको भनाई थियो ।  तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकताले बिर्सिएर निर्वाचनमा एकढिक्का हुनुपर्ने विचार व्यक्त गर्नुभयो । गोविन्द भट्टराई राजनीतिमा समर्पित त्यागी,  इमानदार अवसर नपाएको नेता भएको र तनहुँको विकास ठुलो योगदान दिएको नेता भएकोले पार्टीले टिकट दिएको बताउनुभयो । कोइरालाले अवसरवादीहरूबाट जोगिन आग्रह समेत गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इङ्गित गर्दै कटाक्ष गर्नुभयो । ‘सावधान हुनु होला अवसरवादीहरूबाट जोगिनुहोला तनहुँको राजनीतिक विरासतलाई कायम राख्न गोविन्द भट्टराईलाई जिताउनुपर्छ नेता कोईरालाले भन्नुभयो  । राती ११ बजे सुत्ने अब २ बजे सुतेर रातदिन नभई प्रचार जुट्नु पर्ने बेला आएको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - २१:०७:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology