Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चुनावलक्षित कार्यक्रममा जय जन्मभूमि 

चुनावलक्षित कार्यक्रममा जय जन्मभूमि 

images

इच्छाकामना न्युज

३, बैशाख २०८०
चुनावलक्षित कार्यक्रममा जय जन्मभूमि 
images

भरतपुर । वैशाख १० नजिकिँदै गर्दा जय जन्मभूमि पार्टीले चुनावी प्रचारप्रसारलाई थप तीव्र पारेको छ। आइतबार पनि भरतपुरमा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्दै चुनावी अभियानलाई तीव्र पारेको हो। जय जन्मभूमि पार्टी नेपालबाट चितवन–२ को उपनिर्वाचनमा पार्टी अध्यक्षसमेत रहेका नेता प्रेमबहादुुर खड्का उमेदवार बनेका छन्। 

उनले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने तीन पालिकाका सबै वडामा चुनावी अभियानलाई तीव्र पार्दै आफ्ना चुनावी मुद्धालाई जनतामाझ बुझाउँदै हिँडेका छन्। पुराना र स्थापित दलबाट देश विकासको सम्भावना नदेखिएपछि भूपू सैनिकलाई एकमुष्टरूपमा समेटेर नयाँ दल स्थापना गरेको हो। त्यसैले आफ्ना र पार्टीका मुद्धालाई जनतासामु बताउन पनि यो निर्वाचनमा उमेदवारी दिएर प्रचारप्रसारमा हिँडेको उनले बताए। 

‘हामीलाई आफ्नो जीवनकालमा भोगेका विभिन्न अनुभव र दक्षताको आधारमा पनि देश चलाउने अनुभव छ,’ उनले भने, ‘त्यसैले अनुभवी भएर पनि नयाँ दललाई जनताले विश्वास गरिदिए देशको मुहार अलि चाँडो फेरिन्छ।’ 

पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा लक्ष्मीकान्त पाण्डेले चितवन–२ बाट प्रेमबहादुर खड्कालाई जसरी भए पनि चुनाव जिताउन चितवनवासीलाई आग्रह गरे। आत्मनिर्भर अर्थतन्त्रसहितको प्रजातान्त्रिक समाजवादको आधारमा देश चलाउनुपर्ने भएकोले जय जन्मभूमिको उदय भएको उनको भनाइ छ। 

‘सीप विकासलाई प्रमुख विषय बनाएर हिँडेका छौँ,’ उनले भने, ‘किनकि शिक्षाभन्दा पहिले सीप विकास गर्न सके देशको अर्थतन्त्र बलियो हुन्छ।’ पार्टीले हरेक दिन वडावडामा प्रचारप्रसार गर्दै कोणसभा गर्दै चुनावी अभियानलाई निरन्तरता दिँदै आएको छ। 

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - १७:५१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology