Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

जेलमा बसेका भट्टराई  सुन हुन र अन्य उम्मेदवार पित्तल हुन्ः उपसभापति धनराज गुरुङ

जेलमा बसेका भट्टराई  सुन हुन र अन्य उम्मेदवार पित्तल हुन्ः उपसभापति धनराज गुरुङ

images

इच्छाकामना न्युज

३, बैशाख २०८०
जेलमा बसेका भट्टराई  सुन हुन र अन्य उम्मेदवार पित्तल हुन्ः उपसभापति धनराज गुरुङ
images

तनहुँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईसँग अन्यको तुलना हुन नसक्ने बताउनु भएको छ । भट्टराईले जेल बसेको, पार्टीको पदमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक हाँकेको, त्यागी, निस्कङ्क व्यक्ति भएकोले जनताले मत दिनुपर्ने गुरुङले बताउनुभयो ।

तनहुँ लोकतन्त्र तथा विकास समाजले शनिबार दमौलीमा आयोजना गरेको ‘‘तनहुँ समग्र विकास र आसन्न उपनिर्वाचन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । गोविन्द सुन हुनुहुनुहुन्छ,राजनीति र विकासमा कुनै योगदान नभएका जेल नबसेका उम्मेदवार पित्तल हुन्’ गुरुङले भन्नुभयो । ‘‘गोविन्द भट्टराई जनतालाई स्वतन्त्रता प्रदान गर्न र विकास गर्नको लागि जेल परेको नेता हो कुखुरा चोरेर जेल बसेको व्यक्ति हैन’’ उपसभापति गुरुङले भन्नुभयो, गोविन्द र अन्य उम्मेदवारमा आकाश र जमिनको फरक छ । त्याग, बलिदानी, आन्दोलनबाट  प्रजातन्त्रको स्थापना, पुर्नस्थापना तथा सङ्घीय गणतन्त्रको स्थापना भएको यसका विरुद्ध षयन्त्रण भएकाले सस्थागत गर्न गठबन्धन गरी सरकार निर्माण गरिएको बताउनुभयो । ‘‘अब देशमा समाजवादको यात्रामा अघि बढ्न, भ्रष्ट्राचारीलाई सोहोरेर फालेर सूशासन कायम गर्ने गठबन्धन गरिएको हो’’ गुरुङले भन्नुभयो ।

कार्यक्रममा काङ्ग्रेस नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले गोविन्द भट्टराई शालीन र धैर्यवान नेता भएको बताउनुभयो । नेता रिजालले पार्टी भित्र अहिले नैँ पाइहालौँ भन्ने प्रवृत्ति केही नेतामा  देखिएको भए पनि तनहुँ १ का उम्मेदवार बनेका गोविन्द भट्टराईमा त्यस्तो कहिल्यै नदेखिएको भन्दै बरू उहाँ कुनै दिन पालो आउला भन्दै कुरेर बसेको नेता भएको बताउनुभयो ।  रिजालले  लोकतान्त्रिक इतिहाससँग जोडिएको तनहुँ १ मा भट्टराईलाई जसरी पनि जिताउनुपर्ने र त्यसको लागि बुद्धिजिवीहरुले प्रचार गर्नुपर्ने बताउनुभयो । कांग्रेसका उम्मेदवारका बारेमा कार्यकर्ताले चर्चा गर्नुपर्ने भन्दै उनले आफ्नो चर्चा नगरेर अरूको चर्चा गर्न आजैबाट छोडेर भट्टराईलाई भारीमतान्तरले जिताउनु पर्ने बताउनुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केही महिना अगाडि भएको चुनावमा काङ्ग्रेसले धेरै मत फरकमा जितेको अवस्थामा अब वैशाख १० गते हुने निर्वाचनमा पनि अझै धेरै मत फरकमा चुनाव जित्ने बताउनुभयो  । कांग्रेस केन्द्रीय सदस्य शकर भण्डारीले अफ्ट्यारो परेको बेलामा सबै क्षेत्रका मानिसले पार्टीलाई सहयोग गर्नुपर्ने बताउनुभयो  । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले बौद्धिक व्यक्तित्व भट्टराईमा तनहुँको विकास गर्ने सम्भावना देखेकाले आफूहरुको साथ रहने प्रतिवद्धता जनाउनुभयो ।

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - ०९:११:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology