Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गठबन्धनका उम्मेदवार जिताउन एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ गृहजिल्ला तनहुँ आउदै

गठबन्धनका उम्मेदवार जिताउन एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ गृहजिल्ला तनहुँ आउदै

images

इच्छाकामना न्युज

३, बैशाख २०८०
गठबन्धनका उम्मेदवार जिताउन एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ गृहजिल्ला तनहुँ आउदै
images

तनहुँ । एकीकृत समाजवादीले बैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ लाई खटाएको छ । पार्टीले तनहुँ १ मा हुने उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन फिल्डमा खटाएअनुसार आफु निर्वाचन क्षेत्रमा आईतबार पुग्ने श्रेष्ठले जानकारी दिए ।

‘तनहुँको उपनिर्वाचनमा हाम्रो पार्टीले गठबन्धनका उम्मेदवार जिताउन मलाई खटाएको छ । म आइतबार निर्वाचन क्षेत्र पुग्दैछु’ श्रेष्ठले भने, ‘अब गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर मात्रै फर्किन्छु ।’

स्मरणरहोस् श्रेष्ठको गृहजिल्ला पनि तनहुँ नै हो । यसअघि २०७४ को निर्वाचनमा श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तर ०७९ मंसिरको निर्वाचनमा श्रेष्ठ बाराबाट निर्वाचित भएका थिए । तनहुँ १ मा गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई हुन् भने एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा.स्वर्णिम वाग्ले चुवावी मैदानमा छन् ।

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - ०८:५६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology