Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

घरघरमा पुगेर मतदाताका गुनासो सुन्दै, चितवन–२ का एमाले उम्मेदवार रामप्रसाद न्यौपाने

घरघरमा पुगेर मतदाताका गुनासो सुन्दै, चितवन–२ का एमाले उम्मेदवार रामप्रसाद न्यौपाने

images

इच्छाकामना न्युज

२, बैशाख २०८०
घरघरमा पुगेर मतदाताका गुनासो सुन्दै, चितवन–२ का एमाले उम्मेदवार रामप्रसाद न्यौपाने
images

चितवन । वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन–२ का एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले मतदाताको गुनासो सुन्दै घरदैलोलाई तीव्र बनाएका छन् । न्यौपानेले चितवनको क्षेत्र नम्बर २ मा पर्ने प्रत्येक गाउँमा पुगेर स्थानीय मतदाताको गुनासो सुन्ने गरेका हुन् ।

उनले आज भरतपुर महानगरपालिकाको वडा नम्बर २९ र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ मा घरदैलो गरेका छन् । उम्मेदवार न्यौपानेले घरदैलोका क्रममा मतदाताहरुले गरेको गुनासो सम्बोधन गर्ने बताएका छन् । अघिल्लो पटक भएको गल्तीलाई सुधार्नका लागि पनि यो उपनिर्वाचन महत्वपूर्ण हुने न्यौपानेले बताए ।

स्थानीयले न्यौपानेसँग खानेपानी, सडक, स्वास्थ्य र शिक्षाका बारेमा गुनासा गरेका थिए । न्यौपानेले यसअघि एमालेबाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले चितवन २ मा धेरै कामहरु गरेका उल्लेख गरे । यस क्षेत्रमा बाँकी रहेका स्वास्थ्य, शिक्षा, सडक, खानेपानीलगायत जनताको समस्या सम्बोधन गर्न आफू हरदम तयार रहेको न्यौपानेले बताए ।

आफू यही चितवनमा पढेको र बढेको उल्लेख गर्दै चितवनका जनताको गुनासाका बारेमा जानकार भएकाले यहाँको समस्या समाधान गर्नका लागि खरोरुपमा उत्रिने न्यौपानेले बताए । निर्वाचित भएर गएपछि आफू आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर आउने र मतदाताको गुनासो र समस्या समाधानमा प्रतिबद्ध रहने न्यौपानेले बताए । यस क्षेत्रका मतदाताहरुले न्यौपानेलाई स्वागत गर्दै अबिर र टीका लगाएर जितका लागि आशिर्वाद एवं शुभकामना दिएका छन् ।

आज शनिबार भएको घरदैलोका क्रममा न्यौपानेसँगै एमाले नेताहरु कृष्णभक्त पोखरेल, नारायणप्रसाद अधिकारी, श्रीप्रसाद दवाडी, विद्यार्थी नेताहरु तथा स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भोलि आइतबार न्यौपानेले कालिका नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्ने कार्यक्रम तयार गरिएको छ ।

images
प्रकाशित मिति :बैशाख २, २०८० शनिवार - २१:२८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology