Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गीतकार तथा गायक वाङदी सेर्पा को नयाँ गीत ‘परदेसबाट म आको...’ सार्वजनिक

गीतकार तथा गायक वाङदी सेर्पा को नयाँ गीत ‘परदेसबाट म आको...’ सार्वजनिक

इच्छाकामना न्युज

२, बैशाख २०८०
गीतकार तथा गायक वाङदी सेर्पा को नयाँ गीत ‘परदेसबाट म आको...’ सार्वजनिक
images

गीतकार तथा गायक वाङदी सेर्पा को नयाँ गीत ‘परदेसबाट म आको’ सार्वजनिक भएको छ । आफ्नो देश, आफ्नो माटो गाउँघर, पाटी पौवा, उकाली ओह्राली, साथी संगी, मेलो पात र बजार हाटका घुर्मैलो सम्झनाका तरेलीहरूले हरेक पल परदेशीहरूको मन मा डेरा जमाएकै हुन्छ । यिनै कुराहरूको सेरो फेरोमा तयार पारिएको गीतमा वाङदी सेर्पाको शब्द, गायक तथा सङ्गीत अशोक मुकारुङले लय भर्नुभएको छ ।

images
images

स्वयम गीतकार वाङदी सेर्पाको स्वरमा रेकड भएको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो । राजु कार्कीको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकडिस योगेन मुकारुङ र मिक्सिङ राजु कार्कीले गर्नुभएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘सेवा इन्टरटेन्डमेन्ट’मार्फत् सार्वजनिक गरिएको छ । भिडियोमा योगेन मुकारुङको छायाँकन र जीवन मुकारुङको सम्पादन छ ।

भोजपुर जिल्लाको भाम्राङमा जन्मिनुभएका गायक तथा गीतकार वाङदी सेर्पा, आफ्नो अध्यन र ब्याबसायको शीलशिलामा केही समय धरान बसाइपछि, बिगत दुई दशकदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आउनुभएको छ । परदेशको कार्यव्यस्तताबीच समयलाई सदुपयोग गर्दै नेपाली गीत सङ्गीतसँगै विभिन्न संघ सस्था र बिशषगरी सामाज सेवामा आफूलाई समर्पित गर्दै आउनुभएको छ । उहाँले दुई दर्जन जति गीत लेखिसक्नु भएको छ । छोटो समयको लागि स्वदेश आउनुभएका गीतकार तथा गायक वाङदी सेर्पा आफ्नै शब्द र स्वरमा अब आउने गीती एल्बमको रेकडिङमा ब्यास्त हुनुहुन्छ ।

images
प्रकाशित मिति :बैशाख २, २०८० शनिवार - ०८:४०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology