Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मेरो अनुभव नै जीतको आधार हो : सर्वेन्द्र खनाल

मेरो अनुभव नै जीतको आधार हो : सर्वेन्द्र खनाल

images

इच्छाकामना न्युज

२९, चैत्र २०७९
मेरो अनुभव नै जीतको आधार हो : सर्वेन्द्र खनाल
images

तनहुँ । नेकपा एमालेको तर्फवाट तनहुँ क्षेत्र नं १ को प्रतिनिधीसभाको उम्मेदवार सर्वेन्द्र खनालले आफनो अनुभव नै आफनो जीतको आधार भएको वताएका छन् । प्रहरी सेवामा रहेर विभिन्न जिम्मेवारी कुशलताका साथ सम्पन्न गरेको विभिन्न आधार रहेको हुदाँ गर्न सक्ने ईच्छाशक्ति आफुमा भएको वताए । प्रहरी सेवामा रहदाँ देशमा भएको विकृति र विसंगतिको वारेमा जानकार रहेको हुदाँ जनताको मुद्धा संसदमा उठाउन आफुले उम्मेदवारी दिएको वताए । 

सत्तासिन गठवन्धन भनेता पनि त्यो गठवन्धन जनताले अव नमान्ने समेत खनालले वताए । गठवन्धनको उद्येश्य आम जनताले वुझिसकेको हुदाँ गठवन्धनका नाममा सति जादैन । आफुमा देश विदेशको अनुभव भएको हुदाँ निर्वाचित भएर संसदमा आवाज उठाउने क्षमता म मा छ । देशमा संभावना भएको पर्यटन, शिक्षा, रोजगारीको विषयमा सरकार संवेदनशील हुन सकेमा विकासले गति लिने समेत खनालले दावी गरे । 

नेकपा एमालेको निति विचार र सिद्धान्त नै देश विकासको खाँका हो । एमालेको विचार वरिपरि देश घुमिरहेको हुदाँ देशको नेतृत्व नै एमालले गर्नेछ । एमालेको अगुवा कार्यकर्ता नै जीतको आधार हो । त्यसको सहि परिचालन गर्न सकिएमा जीत सम्भव छ, उम्मेदवार खनालले वताए । 

देशमा अहिले केहि तत्वहरु भड्काउ राजनिती तर्फ उन्मुख रहेको हुदाँ त्यो रोक्नका लागी आफु लागिपर्ने समेत खनालले वताए । खनालले सो कुरा चुनावी अभियानको क्रममा वताएका हुन् । 

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - २२:१८:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology