Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भट्टराईलाई जिताउनुस् मन्त्री बन्ने निश्चित छ : कांग्रेस नेता सिंह

भट्टराईलाई जिताउनुस् मन्त्री बन्ने निश्चित छ : कांग्रेस नेता सिंह

images

इच्छाकामना न्युज

२९, चैत्र २०७९
भट्टराईलाई जिताउनुस् मन्त्री बन्ने निश्चित छ : कांग्रेस नेता सिंह
images

बन्दीपुर । नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले तनहुँबाट गोविन्द भट्टराईलाई जिताए मन्त्री बन्ने प्रवल सम्भावना रहेको बताउनु भएको छ ।

तनहुँको बन्दिपुरमा आयोजित गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले केन्द्रमा गठवन्धनको सरकार भएको र गोविन्द भट्टराई उच्च कदको नेता भएकोले सम्भावना बढी भएको उहाँको भनाई थियो । नेपाल विद्यार्थी संघ केन्द्रीय सभापति भएको र आफ्नो कार्यकालमा कुशलता पूर्वक कार्य गरेकाले मन्त्री बन्ने अवसरमा आउने र त्यसको लागि आफूले पनि पहल गर्ने नेता सिंहले भन्नुभयो ।  सिंहले आफू मन्त्री हुँदा भट्टराईले तनहुँका लागि धेरै शिर्षकमा बजेट माग्न धाएको र अन्य मन्त्रालयमा पनि धाएर बजेट पारेको स्मरण गर्दै  सिंहले पदमा नहुँदा पनि जनताको लागि काम गर्ने नेता भट्टराई भएको बताउनुभयो ।

‘कैयौंपटक लौ न मेरो क्षेत्रमा बाटोको लागि , पानीको लागि , स्वास्थ्यको लागि बजेट चाहियो भन्दै आउनुहुन्थ्यो सिंहले भन्नुभयो । भट्टराईले देशको , जिल्लाको र आफ्नो क्षेत्रको सेवा गर्छु भन्दै आउँदा खुल्ला दिलले स्वागत र सम्मान गरि मतदान गरेर जिताउनु पर्ने बताउनुभयो । यही ठाउँको , यहि गाउँको मान्छे , जसले बषौं देखि केही गरौँ भन्ने भावनाले काम गरिरहेको छ त्यस्तो व्यक्तिलाई जिताउन सिंहले आग्रह गर्नुभयो । जनताको कामलाई कसरी सम्बोधन गर्ने भन्ने भावना भट्टराईमा भएको भन्दै सिंहले सुखदुःख र अप्ठ्यारो बुझ्ने नेता  भट्टराई भएको बताउनुभयो ।

तनहुँबासीको परिक्षाको घडी आएको भन्दै उनले बैसाख १० गतेको मतदानमा मतदाताले पास गरेर पठाउने विस्वास व्यक्त गर्नुभयो । ‘नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भैसकेको ब्यक्तिको देश तथा बिदेशमा राम्रो सम्पर्क रहेको हुँदा धेरै सम्भावना र पहुँच भएको भट्टराई भएकोले जिताउनु पर्ने बताउनुभयो ।

एक अर्को प्रसङ्गमा सिँहले काङ्ग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीको बारेमा केन्द्रीय स्तरमा छलफल भइरहेको र चाडै समस्याको समाधान हुने प्रश्यास भईरहेको बताउनुभयो । सिंहले स्वतन्त्र बाट उठेका स्वर्णिम वाग्ले अवसर पाउनजेल काङ्ग्रेस बाट अवसर लिएको र नपाएपछि पाटि छोडेर हिँडेको हुँदा अवसरवादी नेता भएको बताउनुभयो  ।

नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमानले गठबन्धनले उपयुक्त उम्मेदवार दिएको बताउनुभयो । अहिले सम्म निष्ठा, आर्दशको राजनीति गरिहेको गोविन्द भट्टराई हुनुहुन्छ, चुमानले भन्नुभयो, सरल र सहज नेतृत्वको प्रस्ताव सारेको छ जीत सुनिश्चित छ ।

भट्टराईको उम्मेदवारी समर्थन मात्रै नभई सहयोग गर्ने दृढ समर्थन भएको चुमानले बताउनुभयो । यहीको जमिन खोस्रिने, यहीको अन्तरविरोधहरु हटाउने राष्ट्रको समस्या समाधान गर्न सक्ने क्षमता, जनतासँग भिजेको भुई मान्छे भएकोले जीत सहज भएको बताउनुभयो । नेपाली कांग्रेस तनहुँमा सभापति जीतप्रकाश आलेले योग्य, क्षमतावान, विकासको लागि अहोरात्र खट्ने नेता भएकोले गोविन्द भट्टराई जिताउनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रम नेपाली कांग्रेस बन्दीपुर गाउँकार्य समितिका सभापति कर्णबहादुर खत्रीको अध्यक्षतामा भएको थियो ।

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - २२:१३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology