Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘कोर टिम’ को हो भनेर सोध्दा मैले जो पनि भन्न सक्छु भन्नुभएको छः रवि लामिछाने

‘कोर टिम’ को हो भनेर सोध्दा मैले जो पनि भन्न सक्छु भन्नुभएको छः रवि लामिछाने

इच्छाकामना न्युज

२९, चैत्र २०७९
‘कोर टिम’ को हो भनेर सोध्दा मैले जो पनि भन्न सक्छु भन्नुभएको छः रवि लामिछाने
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले भने, “पार्टीबाट समानुपातिक सदस्य बन्नुभएका ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ । उहाँले भन्नुभएको कोर टिमका बारेमा केही भन्नुभएन । पहिले मेरो अडियो होइन भन्नुभयो । केन्द्रीय समितिको बैठकमा मेरो अडियो होइन, मिडियाका मान्छे तपाईँलाई थाहा नै छ नि भन्नुभयो ।”

images
images

लामिछानेका अनुसार कसैले मन्त्री बनाइदिन्छु भनेर सोध्दा श्रेष्ठले त्यस्तो नभनेको बताएका थिए । “कोर टिम को हो भन्दा जो पनि भन्न सक्छु भन्नुभएको छ । हामीले पटक पटक सोध्दा र मैले आफैँले सोध्दा पनि त्यही भन्नुभएको छ,” उनले भने ।

 

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - २२:०४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology