Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अखिल क्रान्तिकारी चितवनका कार्यालय सदस्य गौतम ढकाल माओवादी परित्याग गरी एमालेमा प्रवेश

अखिल क्रान्तिकारी चितवनका कार्यालय सदस्य गौतम ढकाल माओवादी परित्याग गरी एमालेमा प्रवेश

इच्छाकामना न्युज

२९, चैत्र २०७९
अखिल क्रान्तिकारी चितवनका कार्यालय सदस्य गौतम ढकाल माओवादी परित्याग गरी एमालेमा प्रवेश
images

चितवन । अखिल क्रान्तिकारी चितवन जिल्ला कार्यालय सदस्य इन्जिनियर गौतम ढकाल नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।

images
images

नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा भएको एक कार्यक्रमका बीच उनले नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, पोलिटब्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली लगायतको उपस्थितीमा पार्टी प्रवेश गरेका हुन् ।

उनी लामो समयदेखि अखिल क्रान्तिकारीमा रहेर क्याम्पस कमिटी, जिल्ला कमिटी हुँदै कार्यालय सदस्यसम्म जिम्मेवारीमा रहेर काम गरेका थिए । नेतृत्व दक्षिणपन्थी अवसरवादमा लिप्त भएकाले चरम असन्तुष्टि जनाउदै कम्युनिष्ट आन्दोलनको मुलधार नेकपा एमाले नै भएको ठहर गर्दै उनी पार्टीमा समाहित भएका हुन् ।

 
 

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - ०९:२७:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology