Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

जेष्ठ नागरिकको आशिर्वाद लिँदै, गुनासो सुन्दै एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने

जेष्ठ नागरिकको आशिर्वाद लिँदै, गुनासो सुन्दै एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने

images

इच्छाकामना न्युज

२८, चैत्र २०७९
जेष्ठ नागरिकको आशिर्वाद लिँदै, गुनासो सुन्दै एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने
images

चितवन । आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन २ का नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने ज्येष्ठ नागरिकको आशिर्वाद दिँदै मतदाताका गुनासो सुन्दै घरदैलो गरेका छन् । न्यौपानेले निर्वाचनको प्रसारप्रसारका क्रममा मतदाताको टोल तथा विभिन्न स्थानमा कोणसभा गर्दै वरिपरीका नागरिकका गुनासो समेत सुनेका छन् ।

घरदैलोका क्रममा उम्मेदवार न्यौपानेलाई अधिकांश ज्येष्ठ नागरिकले स्वास्थ्य सम्बन्धी गुनासा तथा जिज्ञासाहरु राखेका थिए । भरतपुर–५ र ७ मा भएको घरदैलोका क्रममा स्थानीय ज्येष्ठ नागरिकहरुले उम्मेदवार न्यौपानेलाई भरतपुर अस्पतालको सेवालाई गुणस्तरीय बनाउँदै सहजरुपमा उपचार गर्न पाउने व्यवस्था गराउन अनुरोध गरे । त्यसैगरी सरकारी अस्पतालमा पहिला उपचार र पछि पैसा लिने व्यवस्था गर्नुपर्नेमा उनीहरुले सुझाव दिएका छन् ।

त्यहाँका ज्येष्ठ नागरिक तथा महिला मतदाताहरुले पहिले बाहिरका मान्छेलाई भोट दिएकोमा दुःख पाएको भन्दै अब भने युवा र असल उम्मेदवार न्यौपानेलाई मतदान गरेर जिताउने बताए । ज्येष्ठ नागरिक, एकल महिला, विद्यार्थीहरुको हकहितमा एमालेले विगतमा राम्रो काम गरेकाले पनि चितवन २ मा एमालेका उम्मेदवारले जित्नुपर्ने स्थानीयको भनाइ छ । जितेर गएपछि ज्येष्ठ नागरिकको जिम्मेवारी सरकारले लिनेगरी काम गर्नसमेत न्यौपानेलाई स्थानीयले आग्रह गरेका छन् ।

मंगलबार भरतपुरको विभिन्न स्थानमा भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार न्यौपानेले सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउन आफू प्रतिबद्ध भएर लागिपर्ने बताए । उनले आफू कुनै पनि आरोप र भ्रष्टाचारमा नमुछिने भन्दै अरुले भ्रष्टाचार गरेमा पनि भण्डाफोर गर्ने बताए । आफ्नो निर्वाचन क्षेत्रमा रहेका हरेक टोल सुधार समितिमार्फत विकासका योजनाहरु माग गरेर सोहीअनुसार व्यवस्थापन गर्न सहजीकरण गर्ने न्यौपानेको भनाइ छ ।

अहिले उपनिर्वाचन गर्नुपर्ने रहर नभएर बाध्यता भएको भन्दै उम्मेदवार न्यौपानेले राम्रो समाज निर्माणका लागि जनप्रतिनिधि पनि राम्रो हुनुपर्ने बताए । जनताका समस्याहरु बुझ्ने र सुन्ने खालका उम्मेदवार हुनुपर्ने उल्लेख गर्दै न्यौपानेले आफू जितेर गएपछि हरेक ठाउँमा जनताको गुनासो सुन्न पुग्ने बताए । स्वदेशमै स्वरोजगार बन्ने, यहीँ पढ्नेलेख्ने तथा व्यवसाय गर्ने वातावरण सिर्जना गर्ने आफ्नो प्राथमिकता रहेको न्यौपानेको भनाइ छ ।

मंगलबार भएको घरदैलो एवं कोणसभामा उम्मेदवार न्यौपानेसहित एमालेका नेताहरु देवी ज्ञवाली, विजय सुवेदी, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, पुरुषोत्तम न्यौपानेलगायतका नेताहरु सहभागी थिए ।

images
प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - २२:२८:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology