Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

निर्वाचन अधिकृतको कार्यालयमा रवि लामिछानेले बुझाए स्पष्टिकरणको जवाफ

निर्वाचन अधिकृतको कार्यालयमा रवि लामिछानेले बुझाए स्पष्टिकरणको जवाफ

images

इच्छाकामना न्युज

२८, चैत्र २०७९
निर्वाचन अधिकृतको कार्यालयमा रवि लामिछानेले बुझाए स्पष्टिकरणको जवाफ
images

चितवन । चितवन क्षेत्र नं २ का उमेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोधेको स्पष्टिकरणको जवाफ पेश गरेका छन् । लामिछानेले खामबन्दी गरेर पठाएको स्पष्टिकरणको जवाफलाई कार्यालयले सोमबार निर्वाचन आयोगमा पठाएको छ ।

‘उहाँले सोमबार स्पष्टिकरणको जवाफ पठाउनुभएको थियो । हामीले यहाँबाट पनि सोमबार नै निर्वाचन आयोगमा पठाएका छौँ’, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले भने, ‘उजुरी र स्पष्टिकरणको जवाफलाई खामबन्दी गरेर हुलाकमार्फत पठाएका हौँ ।’

युवराज पौडेल (सफल)ले दर्ता गरेको उजुरीका आधारमा कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेलाई ७ दिनको समय दिएर स्पष्टिकरण सोधेको थियो । लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुनः नागरिकता लिएको भन्दै चैत २२ गते पौडेलले इमेलमार्फत निर्वाचन अधिकृतको कार्यालयमा उजुरी हालेका थिए ।

रविविरुद्ध परेको अन्य तीन वटा उजुरीमाथि भने दाबी विरोध नपुग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको थियो । अमेरिकी स्थायी आवासिय अनुमति पत्र त्यागेको तीन महिना नपुग्दै रविले उमेदवारी दिएको भन्दै उजुरी परेको थियो ।

images
प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - १०:३५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology