Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू ह्युल छोंज धीं चितवनद्वारा पहिलो पटक भित्तेपात्रो प्रकाशन

तमू ह्युल छोंज धीं चितवनद्वारा पहिलो पटक भित्तेपात्रो प्रकाशन

इच्छाकामना न्युज

२८, चैत्र २०७९
तमू ह्युल छोंज धीं चितवनद्वारा पहिलो पटक भित्तेपात्रो प्रकाशन
images

भरतपुर । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले २०८० सालको क्यालेन्डर विमोचन गरेको छ । सोमबार महाबौद्ध गुम्बा परिसरमा तमू ह्युल छोंज धींका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङ, विपश्यना ध्यानका गुरू आचार्य अक्कलध्वज गुरूङ लगायतको उपस्थितिमा संस्थाले पहिलोपटक क्यालेन्डर विमोचन गरेको हो ।

images
images

कार्यक्रमका प्रमुखअतिथि ह्युल छोंज धींका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङले जिल्लामा नयाँ–नयाँ काम हुँदै गर्दा पुरानो कामलाई पनि नबिर्सन सुझाव दिए । नयाँ पुस्तामा भाषा तथा संस्कृति संरक्षण चुनौतीको विषय बन्दै गएको भन्दै उनले भने, ‘हामीले भाषा, धर्म, संस्कार, संस्कृति र भेषभूषालाई पुस्तान्तरण गराउन सकेनौँ भने भावी पुस्ताले हामीलाई नै सराप्ने छ ।’

कार्यक्रममा विपश्यना ध्यानका गुरू आचार्य अक्कलध्वज गुरूङ, शैक्षिक व्यक्तित्व एवम् ह्युल छोंज धींका सल्लाहकार वेलबहादुर गुरूङ, ह्युल छोंज धींका सल्लाहकारहरु चन्द्रमान गुरूङ, देवेन्द्रबहादुर गुरूङ, गजबहादुर गुरूङ, बौद्धधर्म सेवा समिति चितवनका अध्यक्ष विकाश गुरूङलगायतले पनि शुभकामना मन्तव्य दिएका थिए ।

338808611_1239777433597201_7623998420319947006_n.jpg

ह्युल छोंज धीं चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर घोताने गुरूङले स्वागत मन्तव्य दिएको कार्यक्रममा नयाँ वर्ष २०८० को समेत शुभकामना आदानप्रदान गरिएको कार्यक्रममा हालै सम्पन्न तमू ह्युल छोंज धीं बागमती प्रदेश, तमूस्यो ह्युल छोंज धीं बागमती प्रदेश समिति र तमू सञ्चारकर्मी संघको संघीय समितिमा चितवन जिल्लाबाट निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरुलाई सम्मानसमेत गरिएको थियो ।

images
प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - ०९:४६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology