पोखरा, ३ माघ । न्हान्सी तमु(गुरुङ) समाज नेपालले पहिलो पटक संगठन विस्तार गरेको छ। शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरि न्हान्सी तमु(गुरुङ) समाज नेपाल पोखरा उपत्यका समिति गठन गरेको हो।
पोखरामा बसोबास गरेका न्हान्सी थरका गुरुङ समुदायको एक भेलाले समाजसेवी लेख बहादुर न्हान्सी गुरुङको अध्यक्षतामा २ सदस्य पछि थप गर्ने १३ सदस्यीय समिति गठन गरेको छ। समितिको अन्य पदाधीकारीहरुमा रतनमान न्हान्सी गुरुङ उपाध्यक्षमा, तिल बहादुर न्हान्सी गुरुङ सचिवमा, जालुमाया न्हान्सी गुरुङ कोषाध्यक्षमा, निरमाया न्हान्सी गुरुङ सह–सचिवमा साथै सदस्यहरुमा तिलक बहादुर न्हान्सी गुरुङ, श्रीप्रसाद न्हान्सी गुरुङ, बम बहादुर न्हान्सी गुरुङ, प्रेम कुमारी न्हान्सी गुरुङ, देवमाया न्हान्सी गुरुङ र सुन बहादुर न्हान्सी गुरुङ चयन भएका छन्।
भेला कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक लेख बहादुर न्हान्सी गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथि पोखराका सबैभन्दा ज्येष्ठ न्हान्सी गुरुङका नागरिक बदलसिंह न्हान्सी गुरुङ रहनुभएको थियो।