Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इच्छाकामना ३ मा माओवादी केन्द्रको संगठन तथा जनसम्बन्ध अभियान

इच्छाकामना ३ मा माओवादी केन्द्रको संगठन तथा जनसम्बन्ध अभियान

images

इच्छाकामना न्युज

२३, चैत्र २०७९
इच्छाकामना ३ मा माओवादी केन्द्रको संगठन तथा जनसम्बन्ध अभियान
images

चुम्लिङ्गटार, २२ चैत । नेकपा माओवादी केन्द्र इच्छाकामनाको संगठन तथा जनसम्बन्ध अभियान अन्तरगत वडा नम्बर ३ मा कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार चुम्लिङ्गटारस्थित सिद्धार्थ रिर्सोटमा कार्यक्रम सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य अर्जुन पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वाड नम्बर ३ का पार्टी नेता तथा कार्यकर्ताहरुले वडाको पार्टी संगठनको अवस्था बारे रिर्पोटिङ गरेका थिए ।

नेकपा माओवादी केन्द्र वडा नम्बर ३ का अध्यक्ष शिव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव द्रोणबाबु सिवाकोटी, प्रदेश सदस्य प्रताप गुरुङ, सावित्रा सिलवाल, बुद्धिजिवि संगठनका अध्यक्ष श्रीरेन्द्र पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम शुसिला चालिसेले सञ्चालन गर्नुभएको थियो ।

अभियान अन्तरगत बिहिबार वडा नम्बर १ र शुक्रबार वडा नम्बर २ मा कार्यक्रम हुने नेकपा माओवादी केन्द्र इच्छाकामनाले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - ०७:४८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology