Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

जालझेल गर्न जान्दिन निष्ठाको राजनीति गर्छु : सर्वेन्द खनाल

जालझेल गर्न जान्दिन निष्ठाको राजनीति गर्छु : सर्वेन्द खनाल

images

इच्छाकामना न्युज

२२, चैत्र २०७९
जालझेल गर्न जान्दिन निष्ठाको राजनीति गर्छु : सर्वेन्द खनाल
images

तनहुँ । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधी सभा सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका सर्वेन्द्र खनालले जालझेलको राजनीति गर्न नजाने पनि देश र जनताको हितका लागि राजनीति गर्न जानेको बताएका छन् । बुधवार प्रेस चौतरी तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्दै खनालले सधैं देश र जनताको हितका लागि राजनीति गर्ने बताएका हुन्।

‘धेरैले मलाई राजनीतिक पृष्ठभूमि छैन, राजनीति गर्न जानेको छैन भन्ने लाल्छना लगाउछन्, हो मैले छल र जालको राजनीति गर्न जान्दिन तर राष्ट्रिय हितका लागि राम्रोसँग राजनीति गर्न जानेको छु’ । ‘उनले भने म यही ठाउँले जन्मिएको छोरो हुँ, यही माटोको कसम खाएर भन्छु बिकास र सेवा बाहेक अन्य स्वार्थ छैन’ । 

आफुसँग ३० वर्ष राष्ट्र सेवकको रुपमा काम गरेको अनुभव रहेको चर्चा गर्दै देशको भ्रष्टाचार र बेथिती नियन्त्रण र न्युनिकरणमा महत्वपूर्ण योगदान गर्न सक्ने दाबि गरे । ‘मेरो उम्मेदवारीमा देश र जनताको सेवा बाहेक अन्यकुनै स्वार्थ छैन, आम नागरिकको मुहारमा खुशी ल्याउने काम मात्र गर्नेछु’ उनले भने । 

राजनीतिको लामो अनुभव नभए पनि मुलुकको कानुनी व्यवस्था र कार्यावन्यनका मामलामा नजिक रहेर काम गरेकाले संसदको रुपमा प्रभावकारी काम गर्न सक्ने उनले दाबि गरे । ‘सुशासन र सुरक्षाका लागि राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा मैले गरेको योगदानको समिक्षा गर्ने हो भने यहाँ म भन्दा योग्य उम्मेदवार अरु लाग्दैन’ –उनले भने । साथै विगतको कार्य दक्षता र योगदान नै आफ्ना जीतका आधार भएको उनले स्पष्ट पारे । 

समृद्धिका लागि सुरक्षित वातावरण अहरिहार्य भएकाले सुरक्षालाई प्रमुख प्राथमिकता दिएर भ्रष्टचारमा शुन्य सहनशिलता र पारदर्शीतालाई अग्र स्थानमा राख्ने उनले प्रतिवद्धता व्यक्त गरे । जनताका समस्यामा भन्दा सत्ता केन्द्रित राजनैतिक प्रवृत्तिले जिल्लाको अपेक्षित विकास नभएको उनले टिप्पणी गरे । ‘मलाई कसैसँग रिस, राग छैन सबैसँग समन्वय गरेर जिल्लाको पूर्वाधार निर्माण र बिकासका लागि काम गर्न चाहन्छु’ –उनले भने । 

जनताका सामु अनेकौं प्रतिज्ञा गरेर काम नगर्ने प्रवृत्ति तोडन चाहेको उनले बताए । प्रतिज्ञा बमोजिम काम गर्ने आफ्नो बानी रहेको समेत उनले दावि गरे । देशको पछिल्लो परिस्थिती, कानुनमा भएका त्रृटि र कमजोरीले आफुलाई राजनीतिमा होमिन प्रेरित गरेको उनी बताउछन् । सँगै सांसद अपहरण मुद्धाको प्रसंगमा उनले भने ‘म जीवनभर त्यस्ता अपराधका विरुद्ध लडेको मलाई राजनीतिक प्रतिशोध राखेर झुठो मुद्दाको आरोप लाइयो त्यसको पीडा मैले जीवनभर भोग्नुपर्ने भयो’ । 

साथै जनताको प्रतिनिधिको रुपमा काम गर्ने चाहना भएकाले बिगतको योगदानलाई सुक्ष्म विश्लेषण गरेर मत दिन उनले आग्रह गरे । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य भगवती न्यौपाने, नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बिष्णुभक्त सिग्देल, जिल्ला उपाध्यक्ष हरिराज कंडेल लगायतको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :चैत्र २२, २०७९ बुधवार - २०:११:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology