मुग्लिन । नेकपा माओवादी केन्द्र इच्छाकामनाले संगठन तथा जनसम्बन्ध सुदृढ अभियानलाई तीब्र बनाएका छन् । अभियान अन्तरगत सोमबार वडा नम्बर ५ मुग्लिनमा एक कार्यक्रम सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य अर्जुन पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको होे ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य प्रताप गुरुङ, प्रदेश सदस्य तथा इच्छाकामनाका संयोजक सावित्री सिलवालसहित हरि थापा, प्रमोद पोखरेल कुमार मगर लगायतले आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा बागमति प्रदेश सचिवालय सदस्य प्रेम भुजेल लगायतको आतिथ्यता रहनुभएको थियो ।
यस अघि वडा नम्बर ७ र ६ मा कार्यक्रम सम्पन्न भइसेको छ भने भोली वाड नम्बर ४ मा कार्यक्रम हुने नकेपा माओवादी केन्द्र इच्छाकामनाले जनाएको छ ।