Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रधानमन्त्री कप क्रिकेटमा एपिएफ क्लव र प्रदेश १ बीच खेल हुँदै 

प्रधानमन्त्री कप क्रिकेटमा एपिएफ क्लव र प्रदेश १ बीच खेल हुँदै 

images
प्रधानमन्त्री कप क्रिकेटमा एपिएफ क्लव र प्रदेश १ बीच खेल हुँदै 
images

काठमाण्डौ, ३ माघ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज एक खेल हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज हुने खेलमा विभागीय टिम एपीएफ र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेका दुई टिमबीचको खेल अहिले बिहान साढे ९ बजेबाट सुरु हुनेछ । वसन्त रेग्मीको कप्तानीमा मैदान उत्रने एपीएफ सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको एपीएफको टिम निकै मजबुत रहेको छ । 
काठमाडौंमा जारी प्रतियोगिता अन्तर्गगत भोलिदेखि भने दुई खेल हुने आयोजकले जनाएको छ । यसअघि हिजो भएको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९८ रनले हराउँदै विभागीय टोली आर्मीले विजयी सुरुवात गरेको छ । आर्मीका लागि कप्तान विनोद भण्डारीले ९ चौका र ५ छक्का सहित एक सय ११ रन बनाउनुभएको थियो । राष्ट्रिय खेलकुद परिषद राखेपको आर्थिक सहयोगमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा १० वटा टोली सहभागी छन् । 

images
प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - ०९:०९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology