Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलको समर्थन ‘घण्टी’लाई

कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलको समर्थन ‘घण्टी’लाई

इच्छाकामना न्युज

२०, चैत्र २०७९
कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलको समर्थन ‘घण्टी’लाई
images

चितवन । नेपाली कांग्रेसमा विद्रोह गरेर गत निर्वाचनमा उम्मेदवार बनेका भरतपुरका जगन्नाथ पौडेलले उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई साथ दिने उद्घोष गरेका छन्। गत स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाका मेयर र प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं.३ मा उम्मेदवार बनेका नेता पौडेलले सोमबार मनोनयन दर्ताको दिनमा मुख्य निर्वाचन कार्यालय पुगेर रवि लामिछाने नेतृत्वको रास्वपालाई समर्थन गर्ने बताएका हुन्। 

images
images

भरतपुर–४ निवासी नेता पौडेल स्थानीय तह निर्वाचनमा भुइँकटकर चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थिए। त्यहीबाट चर्चा बटुलेका नेता पौडेलले प्रतिनिधि सभाको निर्वाचनमा भने सूर्यमुखी फूल लिएर चुनावमा होमिएका थिए। २०५४ सालमा तत्कालीन भरतपुर नगरपालिकाका उपमेयर पौडेल वरिष्ठ अधिवक्ता हुन्। 

images
प्रकाशित मिति :चैत्र २०, २०७९ सोमवार - १२:४३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology