बारा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा–२ मा पुरुषोत्तम पौडेललाई उमेदवार बनाउने भएको छ ।
पूर्वमन्त्री पौडेलले बाह्रखरीसँग कुरा गर्दै पार्टीले आफूलाई उमेदवारी दिनका लागि निर्देशन दिएको बताए । उनले भने, “मलाई पार्टीले निर्णय गरेर उमेदवारी दर्ता गर्न निर्देशन दिएको छ । आज उमेदवारी दर्ता गराउँदै छु ।”
यसअघि, एमालेको शनिबार बसेको सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपानेलाई उमेदवार बनाउने निर्णय गरेको थियो ।
उपनिर्वाचन हुने तीनै क्षेत्रमा आज उमेदवारको मनोनय हुँदै छ । तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको उमेदवारी मनोनयका लागि बिहान १० बजेदिखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।