कुरिनटार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ इच्छाकामनाको अध्यक्षमा आशिष मगर चयन भएका छन् । आइतबार कुरिनटार स्थित पार्टी कार्यालय लोकप्रिय होटलमा सम्पन्न भेलाले मगरलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।
यसैबिच उपाध्यक्षमा दीपक सिलवाल, सचिवमा मेलिना गुरुङ, सह–सचिवमा महाविर गुरुङ, र विरेन चेपाङ र कोषाध्यक्षमा राजकुमार गुरुङ चयन भएका छन् ।
नविन सिलवालको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य जानुका सिंखडाको प्रमुख आतथ्यतामा सम्पन्न भेलामा नेकपा एमाले इच्छाकामनाका अध्यक्ष तथा प्रदेश सांसद कृष्ण सिलवाल, इच्छाकामनाका इन्चार्ज तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, जिल्ला सदस्य तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्र उप्रेती, युवा संघका केन्द्रिय सदस्य प्रताप डल्लाकोटी, जिल्ला इन्चार्ज शुसिल केसी र जिल्ला अध्यक्ष शंकर अधिकारी लगायतको आतिथ्यता रहेका थिए ।