Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

जीतनारायण श्रेष्ठको उमेदवारी दर्ता कार्यक्रममा काँग्रेसका महामन्त्री र सहमहामन्त्री आउने

जीतनारायण श्रेष्ठको उमेदवारी दर्ता कार्यक्रममा काँग्रेसका महामन्त्री र सहमहामन्त्री आउने

images

इच्छाकामना न्युज

१९, चैत्र २०७९
जीतनारायण श्रेष्ठको उमेदवारी दर्ता कार्यक्रममा काँग्रेसका महामन्त्री र सहमहामन्त्री आउने
images

चितवन । चितवन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठले भोलि (सोमबार) दिउँसो १ बजेपछि मनोनयन पत्र (उमेदवारी) दर्ता गर्दै छन् । सत्ता गठबन्धनका तर्फबाट श्रेष्ठले उमेदवारी दर्ता गर्न लागेका हुन् ।

उमेदवारी दर्ता गर्नुअघि कांग्रेसले चौविसकोठीमा नेता कार्यकर्ताको भेला राखेको छ । चौविसकोठीमा भेला भएर उमेदवारी दर्ताको लागि ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने कांग्रेसको तयारी छ ।

उमेदवारी दर्ता कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) आउने नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । महामन्त्री र सहमहामन्त्री उपस्थित हुने कार्यक्रममा कांग्रेसले जिल्ला तहका विभिन्न संरचनाका सम्पूर्ण पदाधिकारी र शुभेच्छुकलाई सहभागी हुन आग्रह गरेको छ ।

images
प्रकाशित मिति :चैत्र १९, २०७९ आइतवार - ०८:३९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology