Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अर्को चुनावपछि हाम्रो बहुमतको सरकार बन्छ : रास्वपा सभापति रवि लामिछाने

अर्को चुनावपछि हाम्रो बहुमतको सरकार बन्छ : रास्वपा सभापति रवि लामिछाने

images

इच्छाकामना न्युज

१८, चैत्र २०७९
अर्को चुनावपछि हाम्रो बहुमतको सरकार बन्छ : रास्वपा सभापति रवि लामिछाने
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्को निर्वाचनपछि आफूहरूले बहुमतको सरकार चलाउने ठोकुवा गरेका छन्। शनिबार पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले पाँच वर्षपछि हुने निर्वाचनमा आफूहरूले बहुमत ल्याएर सरकार चलाउने ठोकुवा गरेका हुन्।

‘अर्को चुनावमा हाम्रो बहुमतको सरकार चलाउँछौं। यसको संकेत जनमतले दिइसकेको छ। त्यतिखेर मन्त्रालय गएर सरकारी साधन स्रोतको दुरुपयोग गरेर पढ्ने सिक्ने, बुझ्ने सुविधा छैन्। त्यसकारण यो पाँच वर्ष हामीले सत्ताको अनुभव र प्रतिपक्षको अनुभव पनि सम्हाल्नुपर्छ,’ उनले भने। सभापति लामिछानेले आफूहरुले सरकारमा गएर नचाहिने काममा हस्ताक्षर नगर्ने बताए। उनले सरकारमा गए बेठीक र प्रतिपक्षमा बसे ठीक भन्ने भाष्य काम नलाग्ने बताए।

‘सरकारमा गएर नचाहिने हस्ताक्षर गर्ने र नचाहिने कुरामा सघाउने काम गर्नुहुँदैन। सत्तामा गयो भने बिग्रियो पदलोलुप भयो भन्ने प्रतिपक्षमा बसे छ भने गज्जव गरेछ भन्ने भाष्य काम नलाग्न सक्छ,’ उनले भने।

images
प्रकाशित मिति :चैत्र १८, २०७९ शनिवार - २१:०८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology