Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमालेले चितवन २ र तनहुँ १ मा उम्मेद्वार टुङ्ग्यायो, बारा २ मा भोली टुङ्ग्याउने

नेकपा एमालेले चितवन २ र तनहुँ १ मा उम्मेद्वार टुङ्ग्यायो, बारा २ मा भोली टुङ्ग्याउने

इच्छाकामना न्युज

१८, चैत्र २०७९
नेकपा एमालेले चितवन २ र तनहुँ १ मा उम्मेद्वार टुङ्ग्यायो, बारा २ मा भोली टुङ्ग्याउने
images

चितवन । नेकपा एमालेले चितवन २ र तनहुँ १ मा उपचुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ । शनिवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

images
images

बारा २ मा भने आइतबार मात्र टुंगो लाग्ने भएको छ ।

चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो । उनी अनेरास्ववियुको राजनीतिमा स्थापित भएका जिल्लाका लोकप्रिय युवा नेता हुन् ।

तनहुँ १ मा उम्मेदवार बन्न लागेका खनालको नाममा शनिवार विहानै जिल्लाबाट आएका नेताहरुले बालकोट पुगेर सहमति जनाएका थिए । नेपाल प्रहरीका पूर्व आइजिपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् । उक्त नगरपालिका तनहुँ क्षेत्र नम्बर १ मै पर्छ । उनी मङ्सिर ४ को निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार बनेर रास्वपाका शिशिर खनालसँग दोस्रो भएका थिए ।

खनाललाई उम्मेदवार बनाउदा कांग्रेसका गोविन्दराज जोशी समूह र नेकपा एसका किसान श्रेष्ठको समेत समर्थन जुटाउन सकिने आँकलन एमाले नेताहरूको छ ।

images
प्रकाशित मिति :चैत्र १८, २०७९ शनिवार - २१:०५:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology