Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवन २ मा एमालेबाट अध्यक्ष रामप्रसाद न्यौपाने एकल उम्मेदवार सिफारिस

चितवन २ मा एमालेबाट अध्यक्ष रामप्रसाद न्यौपाने एकल उम्मेदवार सिफारिस

images

इच्छाकामना न्युज

१८, चैत्र २०७९
चितवन २ मा एमालेबाट अध्यक्ष रामप्रसाद न्यौपाने एकल उम्मेदवार सिफारिस
images

चितवन । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ मा नेकपा (एमाले) बाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने पक्का भएको छ ।

एमाले क्षेत्रीय कमिटीले न्यौपानेको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले पनि सर्वसम्मत रुपमा न्यौपानेको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला उप–सचिव प्रकाश ढुंगानाले जानकारी दिए ।

यसअघि यस क्षेत्रबाट न्यौपानेसंगै पोल्ट्री विज्ञ डा।तिलचन्द्र भट्टराई, कालिका नगरपालिका पूर्व मेयर गोपी श्रेष्ठ र नेता तेजेन्द्र खड्काको नाम चर्चामा थियो । उपनिर्वाचनका लागि यही चैत २० गते मनोनयनपत्र दर्ता गर्ने तालिका रहेको छ । सोही कारण एमालेले आजै नाम टुंगो लगाएको हो हो । उपनिर्वाचनमा नेपाली कांग्रेसबाट चितवनका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उम्मेदवार बन्दैछन् ।

गत मंसिर ४ गते भएको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए । उनको नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि लामिछानको सांसद पद गुमेको थियो । त्यसै कारण चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

images
प्रकाशित मिति :चैत्र १८, २०७९ शनिवार - ०६:५७:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology