Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कस्तो रहला तपाईको आजको दिन ? मनकामना माईको दर्शन गर्दै हेर्नुस् राशिफल

कस्तो रहला तपाईको आजको दिन ? मनकामना माईको दर्शन गर्दै हेर्नुस् राशिफल

images

इच्छाकामना न्युज

१६, चैत्र २०७९
कस्तो रहला तपाईको आजको दिन ? मनकामना माईको दर्शन गर्दै हेर्नुस् राशिफल
images

२०७९ चैत १६ गते, बिहीवार, ३० मार्च २०२३। चैत्र शुक्लपक्ष नवमी तिथि। पुनर्वशु नक्षत्र। चन्द्रराशि– मिथुन, १७ः२३ बजेउप्रान्त कर्कट।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ। बिनाकारण आफन्त टाढिन सक्छन्। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नुहोला।

वृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। रोकिएका काम प्रारम्भ गर्न सकिनेछ। साँझतिर उद्योग र व्यापारमा फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले चिताएका काम बन्नेछन्।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह
आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। साँझतिर बौद्धिक कलाको प्रभाव बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्च बढ्नाले अर्थ अभाव झेल्नुपर्ला। अरूको विश्वास गर्दा धोका पाइनेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ। तर खर्चिलो कामले कर्जा बढाउला। साँझदेखि पारिवारिक जमघटको आनन्द प्राप्त हुनेछ। स्वास्थ्यका लागि खानपानको अनुशासनमा रहनुपर्नेछ। कामको नेतृत्व लिनुका साथै मनग्य लाभांश हातपार्ने समय छ।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्य प्राप्त हुनेछ। व्यापारमा पनि केही फाइदा हुनेछ। तर, आम्दानीमा अरूले आँखा लगाउन सक्छन्। आफ्ना आवश्यकता पूरा गर्न र व्यवहार चलाउन सरसापट लिनुपर्ने पनि हुन सक्छ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्ला। परिस्थितिवश फजुल खर्च बढ्नेछ। उठ्ने रकम रोकिन सक्छ।

कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। साँझतिर आम्दानी राम्रै भए पनि रकम बाहिरिने सम्भावना छ।

तुला–र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आफ्नो क्षेत्रमा नेतृत्व लिन सकिनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। परिस्थितिले चुनौती निम्त्याए पनि गोपनीयतामा ध्यान पुर्याउनुहोला। दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर सहयोगीहरूले साथ दिनेछन् र भाग्यले अवसर जुराउनेछ। काम देखाएर पनि अरूको मन लोभ्याउन सकिनेछ। तर, चिताएको दाम नउठ्नाले जोश–जाँगर हराउन सक्छ। 

धनु–ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। तर साँझतिर आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

मकर–भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्रोतसाधन जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मतले काम लिँदा फाइदा पनि हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। आजको कामले पछि फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा चुनौती देखिए पनि साँझतिर घरमा लक्ष्मी अर्थात् द्रव्य भित्र्याउन सकिनेछ। व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। साँझतिर प्रतिस्पर्धीलाई पछि पार्दै लाभ उठाउन सकिनेछ।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वयं निर्णय लिन नमिले पनि शुभचिन्तकहरूको साथ–सहयोग प्राप्त हुनेछ। पछिका लागि कामको जग बसाउन सकिनेछ। साँझदेखि दिगो योजनाका साथ अघि बढ्दा लाभ मिल्नेछ। तर स्वास्थ्यका लागि अनुशासनमा रहनुपर्ने समय छ। काममा मुख्य भूमिका रहे पनि लाभांशमा अरूको आँखा लाग्न सक्छ। नेपालीपात्रोबाट

images
प्रकाशित मिति :चैत्र १६, २०७९ बिहिवार - ०९:२०:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology