Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सरकारमा ९ दल मात्रै सहभागी हुने, रवि लामिछानेको रास्वपाले भाग पाएन

सरकारमा ९ दल मात्रै सहभागी हुने, रवि लामिछानेको रास्वपाले भाग पाएन

images

इच्छाकामना न्युज

१५, चैत्र २०७९
सरकारमा ९ दल मात्रै सहभागी हुने, रवि लामिछानेको रास्वपाले भाग पाएन
images

काठमाडौँ । दश दलीय सत्ता गठबन्धनमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति भएको हो । 

जसपाका नेता राजेन्द्र श्रेष्ठले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताए । उनले भने, ‘भोलि बेलुका शपथ हुने जनमोर्चा बाहेक सबै दल सरकारमा जाने छन् । ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय सङ्ख्या टुङ्गो लाग्यो ।’

कसले कुन मन्त्रालय लिने भन्ने थोरै होमवर्क गर्न बाँकी रहेको उनको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।

यद्यपी प्रचण्ड सरकारको नेतृत्वलाई विश्वासको मत दिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने कुनै मन्त्रालय भाग लगाएको छैन ।

images
प्रकाशित मिति :चैत्र १५, २०७९ बुधवार - १९:५८:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology