Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

शनिबारदेखि काठमाण्डौबाट हराईरहेका कट्टेलडाडाँका हरीप्रसाद कट्टेल इच्छाकामनाको कालिखोलामा मृत फेला

शनिबारदेखि काठमाण्डौबाट हराईरहेका कट्टेलडाडाँका हरीप्रसाद कट्टेल इच्छाकामनाको कालिखोलामा मृत फेला

इच्छाकामना न्युज

१४, चैत्र २०७९
शनिबारदेखि काठमाण्डौबाट हराईरहेका कट्टेलडाडाँका हरीप्रसाद कट्टेल इच्छाकामनाको कालिखोलामा मृत फेला
images

गोरखा । शनिबारदेखी राजधानीबाट बेपत्ता भएका कट्टेलडाडाँका हरीप्रसाद कट्टेल आज मृत्त अवस्थामा फेला परेका छन् । ६५ बर्षिय बृद्व कट्टेल चितवनको इच्छाकामना गाउँपालिका–६ को कालीखोला क्षेत्रमा मंगलबार मृत्त अवस्थामा फेला परेका हुन् ।

images
images

चैत्र ११ गते अर्थात शनिबार काठमाण्डौं, नागार्जुन नगरपालिकाको रानिबनमा रहेको छोराको घरबाट छोरीको घर जान्छु भनेर निस्किएका कट्टेल सोही दिनदेखी सम्पर्क बिहिन भएका थिए ।

दम, हातखुट्टा काप्ने तथा धेरै हिडन् नसक्ने कट्टेललाई अन्तिम पटक मनकामना जाने चेरेश क्षेत्रमा देखिएको भन्ने अपुष्ट जानकारी पछि उनका आफन्तले सोमबारदेखी सो क्षेत्रमा खोजी गर्दै आएका थिए । बेपत्ता कट्टेललाई गोरखाबाट गएका उनका आफन्तहरुले खोजी गर्ने क्रममा मंगलबार कालीखोलामा मृत्त फेला परेको मृत्तकका भतिज शरदबाबु कट्टेलले जानकारी दिए ।

उनको मृत्त शरिर चितवन प्रहरी संग समन्वय गरेर गोरखा अस्पताल ल्याइएको छ । कट्टेलको पोष्टमार्टम पछि दाहसंस्कार गरिने छ ।

images
प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - १७:४४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology