Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

माओवादी केन्द्र इच्छाकामनाले संगठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने

माओवादी केन्द्र इच्छाकामनाले संगठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने

images

इच्छाकामना न्युज

११, चैत्र २०७९
माओवादी केन्द्र इच्छाकामनाले संगठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने
images

कुरिनटार । नेकपा माओवादी केन्द्र इच्छाकामनाले संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने भएको छ । शनिबार कुरिनटारमा सम्पन्न गाउँ कमिटी बैठकले ७ वटै वडामा चैत १७ गतेबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा वडाका प्रतिनिधिहरुले रिर्पोटिङ गरेका थिए । बैठकले आन्तरिक अन्तरविरोधका कारण उत्पन्न भएका समस्याहरुलाई अन्त्य गर्दै एक ढिक्का भएर अघि बढ्ने पनि निर्णय गरेका छन् । बैठकमा एकाआपसमा आत्माआलोचनासहित एक भएर संगठन सुदृढ गर्ने तर्फ एक भएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा इच्छाकामनाका संयोजक सावित्री सिलवालको अध्यक्षता तथा बैकल्पिक केन्द्रिय सदस्य अर्जुन पाठकको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका सचिव द्रोणबाबु सिवाकोटीको विशिष्ट र प्रदेश सदस्य प्रताप गुरुङको आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

कार्यक्रम प्रदेश कमिटीका सल्लाहकार गोवर्धन अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :चैत्र ११, २०७९ शनिवार - २१:४९:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology