Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बागमती प्रदेशका मुख्यमन्त्री जमरकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री जमरकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिने

images

इच्छाकामना न्युज

१०, चैत्र २०७९
बागमती प्रदेशका मुख्यमन्त्री जमरकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिने
images

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।

बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाईएको भए पनि नेपाली कांग्रेसका सांसद उपस्थित नहुने भएपछि स्थगित भएको बैठक आज बोलाईएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ । 

नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका माओवादीका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि पुनः विश्वासको मत लिन लागेका हुन ।

नेपाली कांग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा बिबाद बढे पछि अन्तिम समयमा आएर बुधवार बोलाईएको बैठक स्थगित हुन पुगेको थियो । 
 
नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरे पछि आपसी सहमतिमा बुधवार बोलाईएको बैठक सारेर शुक्रवार डाकिएको हो । शुक्रवार डाकिएको बैठकबाट भने पुनः विश्वासको मत पाउने अपेक्षा मुख्यमन्त्री जम्मरकट्टेलले गरेका छन् । 

images
प्रकाशित मिति :चैत्र १०, २०७९ शुक्रवार - ०८:००:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology